चाया हटाउने घरेलु उपाय :

613

मानिसको सौन्दर्यताको प्रतिक कपाल। यसले मानिसको सौन्दर्यता बढाउँछ। तर जोडोको समयमा कपालमा पर्ने चायाले सबैलाई सताउँछ। छिट्टै कपाल चिल्लो हुने र सेतो चाया कालो कपालभरी देखिदा मानिसहरु दिक्क हुन्छन्। कपालमा जाडोको समयमा बढी चाया देखिन्छ।

सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ। कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ। शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ।

चायाको समस्यालाई शतप्रतिशत निको पार्न गाह्रो छ। तर, यसको असरलाई कम गर्न भने त्यति गाह्रो छैन। तर, चायाले तालु रातो हुने, चिलाउने, पोल्ने र छाला खुइलिने जस्ता समस्या हुन्छ।

यसका उपायः

  • टाउकोमा चाया पर्न नदिन टाउकोको नियमित सरसफाई गर्नपर्दछ। साथै सन्तुलित भोजन र फलफूलको सेवनले पनि टाउकोमा चाया पर्नबाट जोगाउछ।
  • पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ। नियमित रुपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गरे चायाको समस्या हट्नेछ।
  • अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया जान्छ, रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ।
  • एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया जान्छ, करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ।
  • एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चाया हटेर जान्छ, दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया निख्रन्छ।
  • सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस। एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ, ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईको कपालबाट चाया हराएर जान्छ।
  • नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ, एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here