नेपाल र बंगलादेशको खेल जारी, एक गाेलले नेपाल अगाडि

36

काठमाडौं / काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । साँझ ५ बजेबाट खेल सुरु भएको हो । पहिलो हाफको सुरुवातमा नेपाल १–० ले अघि छ ।

नेपालको जीतमा जर्सी नम्बर ९ का सुनिल बलले गोल गरेका हुन् । कप्तान सुजल श्रेष्ठको सर्टिक पासमा बलले गोल गरेका हुन् । मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले माल्दिभ्ससँग शनिबार खेलेको टिमलाई नै आज मैदानमा उतारेका छन् ।

नेपालको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्न जित वा बराबरीको आवश्यकता रहेको छ । पराजित भए नेपाल स्वर्ण सम्भावनाबाट बाहिरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here