४ सय मिटर प्रिस्टाइलमा गौरिकाले जितिन् तेश्रो स्वर्ण

23

काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिका सिहंले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

आज आइतबार ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्। यो जितसँगै सागमा नेपालको ४४ वटा स्वर्ण पदक पुगेको छ ।

यसअघि गौरिकाले २ स्वर्ण तथा १–१ रजत र कास्य जितिसकेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here