कार दुर्घटनामा ग्लोबन आईएमई बैंकका व्यवस्थापकको मृत्यु

101

कपिलवस्तु / कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ नजिकै कार दुर्घटनामा ग्लोबन आईएमई बैंकक बनगाई शाखा व्यवस्थापकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको बनगाईबाट जीतपुरतर्फ जादैं गरेको बा ८ च ६३९० नम्वरको कार दुर्घटना हुँदा २६ बर्षे सुरेश पाण्डेयको मृत्यु भएको हो।

प्रहरीका अनुसार तीब्र गतिमा रहेको गाडी अनियन्त्रित भई नजिकै रहेको विद्युतको पोलमा ठोक्किएको थियो। कार मृतक आफैले चलाएका थिए। घटनामा ५ जना घाइते भएका छन्। मृतकका छिमेकी ललति गुरुङका अनुसार आज सोमबार मृतककी बहिनीको विवाह थियो। त्यही सिलसिलामा आफ्नो घर कपिलवस्तु नगरपालिका– ९ जगदीशपुर गाउँबाट ४ नबम्बरमा रहेको पार्टी प्यालेसमा जादै थिए।

‘परिवार, विवाहमा जुटेको थियो, यस्तो दुःखद घटना भयो’ उनले भने। घटनापछि मृतकको बहिनीको सोमबार हुने विवाहसमेत रोकिएको छ। दुर्घटनामा रामेछाप जिल्ला मन्थली नगरपालिकाकी दुर्गा आचार्य, उनकी ३० वर्षीया छोरी अनिता आचार्य, ३ वर्षकी बालिका आरती आचार्य र कपिलवस्तु नगरपालिका– ३ क्याम्पस टोलकी ४६ वर्षीया विष्णु पौडेलको उपचार भैरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्ले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here