अवैध रुपमा ल्याउँदै गरेको अमेरिकी डलर सहित एक जना पक्राउ

78

काठमाडौं / अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित पाकिस्तानी नागरिक राहदानी नम्बर एएस ६९७४३८४ वाहक ३८ वर्षीय AGHA ZEESHAN HAIDAR लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरपठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here