न्यूजील्याण्डमा ज्वालामुखी विष्फोटन, एकको मृत्यु दर्जनौ मानिस सम्पर्कविहिन

86

न्यूजिल्याण्ड /  न्यूजील्यान्डमा भएको ज्वालामुखी विस्फोटमा परि एक जनाको मृत्यु  भएको छ भने दर्जनौं मानिस सम्पर्कविहिन भएका छन । घाइते भएकाहरुको पुरा शरीर पोलेको छ।

देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आइल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो। स्थानीय समयानुसार दिउँसो २:११ बजे विस्फोट भएको थियो।

न्यूजील्यान्डको क्रूज असोसिएसनका अनुसार ज्वालामुखी बिष्फोटनबाट एउटा पर्यटक बोकेको डुंगा पनि प्रभावित भएको छ। उद्धारकार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मी परिचालित गरिएको छ ।

विस्फोट भएको समयमा उक्त ह्वाइट आइल्यान्डमा दर्जनौं मानिस रहेको जनाइएको छ । सन् २००१ यता भएको यो पहिलो ज्वालामुखी विस्फोट हो ।  प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भनेकी छन् । उद्धार निकायले वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here