पुरूष फुटबलमा भुटानलाई हराउदै नेपालले जित्यो स्वर्ण

111

काठमाडौं / १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई २—१ गोलले पराजित गरेको थियो ।

नेपालको यो लगातार दोस्रो पटक उपाधि जितेकाे हाे भने समग्रमा चौथो । खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here