बहुमुखि क्यम्पसमा आई सि टी ल्याबको शुभारम्भ

133

नारद कोहार

कपिलबस्तु / कपिलबस्तु बहुमुखि क्याम्पस तौलिहवामा आई सि टी ल्याबको शुभारम्भ गरिएको छ ।

एक कार्यक्रमको विच प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै मन्त्री बरालले कपिलबस्तु बहुमुखि क्याम्पसलाई प्रदेश विश्व विद्यालयको अंगिक क्याम्पसको रुपमा विकास गर्ने सम्भवना रहेको बताए । उनले क्याम्पसलाई प्रदेश सरकार उच्च शिक्षा निर्देशनालयबाट समुदायिक क्याम्पसको सुधार अन्र्तगत रहेको बजेटको अत्याधिक बजेट कपिलबस्तु बहुमुखि क्याम्पसमा विनियोजित गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीवास्तवले कपिलबस्तु क्याम्पस कपिलबस्तुको तौलिहवामा विगतद ४० वर्ष देखि अवस्थित शैक्षिक संस्था रहेको जनाए । क्याम्पसको विकासका लागि सामाजिक विकास मन्त्रलयले समान विकासको अवधारण अन्र्तगत यस क्षेत्रलाई समेट्नु पर्ने जनाए  ।

क्याम्पस प्रमुख डा विनय कुमार पाण्डेयले क्याम्पसको आर्थिक, भौतिक तथा  शैक्षिक अवस्थाको बरेको जानकारी गरउदै भविष्यमा बहुमुखि क्याम्पलाई विभन्नि किसिमका उच्च शिक्षाका कार्यक्रमहरु संचालन गर्न सक्षम रहेको र प्राविधिका शिक्षाको लागि ५ नं. प्रदेश अन्र्तगतको सेन्टर प्वाईन्ट बन्न सक्ने  जनाए ।

कार्यक्रममा प्रदेश सभा सदस्य सामाजिक विकास समितिका सभापति दिर्घ नारायण पाण्डेय, फौजिया नासिम, रुन्धावति दुवे शर्मा, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी नयाब उपरिक्षक सुनिल मल्ल, उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, कपिलबसतु नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष प्रकाश गैरे, नेकपाका नेता दीपक पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

शुभारम्भ कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष राम दास गुप्ताको अध्यक्षता, जिवन मरासिनीको संचालनमा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here