पत्रकार महासङ्घ चितवन शाखाद्धारा कल्याणकारी अक्षयकोष

61

काठमाडौं / नेपाल पत्रकार महासङ्घ चितवन शाखाद्धारा रु १५ लाख बराबरको पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ । जात्रैजात्रा फिल्मको च्यारिटी शोको टिकट बिक्री र दाताको सहयोगमा रु १० लाख सङ्कलन गरिएको र थप रकम जुटाएर रु १५ लाखको अक्षयकोष खडा गरिने शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो ।

उक्त रकमलाई मूल धन खर्च नगर्ने गरी बैंकमा जम्मा गरिनेछ । त्यसबाट प्राप्त ब्याजलाई पत्रकार आपत्, विपद् र दुःखमा पर्दा सहयोग गरिने उनले जानकारी दिए ।

दुःखमा परेका पत्रकारलाई संस्थागत अभिभावकत्व महसुस गराउन र दुःख, बिमार हुँदा सार्वजनिक रुपमा सहयोग जुटाउँदै हिँड्नुपर्ने बाध्यता अन्त्यका लागि महासङ्घले यो कोष खडा गरेको खतिवडाले जनाए ।
उनका अनुसार कोषलाई व्यवस्थित रुपमा सञ्चालनका लागि पत्रकार कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरिने र सोही कार्यविधिअनुसार पत्रकार महासङ्घले आगामी दिनमा सहयोग गर्नेछ ।

शाखामा २ सय ३७ सदस्य छन् । स्थानीय सञ्चारमाध्यम बढ्दै गएको र राजधानीबाट सञ्चालन हुने ठूला सञ्चार गृहहरुको कार्यालय तथा संवाददाता यस जिल्लामा भएकाले पत्रकारका सङ्ख्या बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here