अमेरिका र चीनले व्यापार सम्झौतामा सहमति गर्याे

86

एजेन्सी / अमेरिका र चीनले ‘चरण एक’ नाम दिइएको व्यापार सम्झौतामा सहमति गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौतामा सहमति भएको जनाउँदै यो सम्झौता सबैका लागि उत्तम भएको खुलाशा गरे ।

ट्रम्पका अनुसार चरण एक सम्झौता अमेरिका र चीनबीचको कृषिजन्य उत्पादन, उर्जा तथा निर्मित सामानसँग सम्बन्धित छ।

अमेरिकाले यसअघि आइतबारबाट नयाँ चरणको कर लागू गर्ने बताएको थियो। यस सहमतिसँगै कर लागू नुहने भएको छ। नयाँ सहमति अनुसार चिनियाँ सामाग्रीमा २५ प्रतिशतभन्दा बढी लगाइएको कर घटाइने छ।

सन् २०१८ यता अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ। दुवै देशले एकअर्का देशका सामाग्रीमा कर बढाएका छन्। यसकारण दुवै देशले व्यापार घाटा व्यहोरिरहेका छन्।

नयाँ चरणको सहमतिले व्यापार युद्धलाई नियन्त्रण गर्ने प्रयास गरेको विश्लेषकहरु जनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here