एनआईसीले ६ नयाँ शाखा विस्तार

89

काठमाडौं /   एनआईसी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं  १६ बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरे, काठमाडौं महानगरपालिका वडा नं १४, कलंकीस्थित खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटा, काठमाडौं महानगरपालिका वडा नं १६, माछापोखरीस्थित माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजाल, काठमाडौं महानगरपालिका वडा नं ३२, नरेफाँटस्थित नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुली, काठमाडौं महानगरपालिका वडा नं २८, पुतलीसडकस्थित पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गी र काठमाडौं महानगरपालिका वडा नं ३ स्वयम्भूस्थित स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठबाट एक समारोहकाबीच उद्घाटन भएको हो ।

उक्त विभिन्न शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिंग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here