त्रिवि ४५औं दीक्षान्त समारोह : १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित

442

काठमाडौं / पुल्चोकस्थित पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्।

२०७५ असारदेखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिने विद्यार्थीलाई दीक्षान्तमा सहभागी हुन आवेदन माग गरिएको थियो । यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका थिए।

सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन्। यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जीनियरिङ्गमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८६४ जना विद्यार्थीहरु दीक्षित भएका छन्।

यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका थिए।

त्यसैगरी कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन्।

यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन्। त्रिविले विभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here