राजाको सम्पत्तिमा नवमहाराजहरुले ब्रह्मलुट गरेको  कमल थापाको आरोप

29

काठमाडौं / राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजाको सम्पत्तीमा नवमहाराजहरुले ब्रह्मलुट गरिरहेको जनाएका  छन् । नेपाल ट्रष्टको जग्गामा अनियमितता भएको भन्दै आलोचना भइरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

थापाले आज आफ्नो फेसबुक पेजमा राजसंस्था पाखा लगाएर राष्ट्रियकरण गरिएको उनको सम्पत्तीमा ब्रह्मलुट गरिरहेको भन्दै आक्रोश पोखेका छन् ।

“राजाको सम्मति राष्ट्रियकरण गरियो । त्यो राष्ट्रिय सम्पतिलाई व्यापारीसँग मिलेर परिवर्तनका संवाहक कथित नवमहाराजाहरुले ब्रम्हलुट गरिरहेका छन् । के यही हो परिवर्तन ? ”, थापाले लेखेका छन्, “आमजनता पार्टीको रैतिभन्दामाथि उठेर स्वाभिमानी नागरिक भएको दिन अपराधिलाई अवश्य कानुनको कठघरामा उभ्याउनेछन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here