मोटरसाइकल चोरी कार्यमा संलग्न रहेका अभियोगमा ९ जना पक्राउ

293

काठमाडौं / मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मदन कुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दिप गुरुङ, भरत थापा क्षेत्री, ईन्द्र बहादुर तामाङ, रक भन्ने बिक्रम भुजेल, राजु पौडेल, सबिन तामङ, आलु भन्ने समिर तामाङ रहेका छन् ।

उपत्यकाका विभिन्न ठाँउहरु कीर्तिपुर, बलम्बु, सतुङगल, कालिमाटी, फर्पिङ, बाफललगायतका ईलाकाबाट सवारी चोरी गरी उपत्यका बाहिरका जिल्लाहरु धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटका जिल्लाहरुमा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा मोटरसाइकल चोरी नियन्त्रणको लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले मंसिर १४ गते मदन कुमार मोक्तान सहित ३ जनालाई पक्राउ गरी उनीहरुबाट बा.९४ प ११४२ नम्बरको मोटरसाइकल बरामद गरेको थियो । थप अनुसन्धानको क्रममा बुधबार थप अन्य व्यक्तिहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बा.९४ प ३६४५, बा.७५ प १७९४, बा.६७ प ६३६१, ज.७ प १५०६, बा.८४ प १०३३, बा.९३ प ३८४३, बा.८० प ११३८ र बा.५९ प २० ५६ नम्बरलगायतका ४० वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here