नारायणगढ-मुग्लिन सडक दिउँसो थप दुईहप्ता बन्द हुने

260

काठमाडौं / नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ । आयोजनाले शनिबार एक सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई साता सडक अवरुद्ध हुने जानकारी दिएको हो ।

गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ । पुस २२ गतेसम्म दिउँसो सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सो अवधिमा अत्यावश्यक सवारीसाधनलाई भने प्रवेश दिइने आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिने छन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here