यस्तो रहेको छ जाडो महिनामा अदुवाकाे चिया पिउँदाका फाइदा

11

काठमाडौं / जाडोयाममा चिया पिउनेको संख्या बढ्ने गर्छ । यस समयमा चिया पिउनेले स्वस्थ चियाको विकल्प रोज्नु अावश्यक छ । सादा चियाको सट्टा अदुवा र ल्वाङ राखेर चिया पिउने हो भने शरीरलाई फाइदा गर्छ । यसले शरीरलाई न्यानो पार्नुका साथै धेरै रोगबाट बचाउन मद्धत गर्दछ ।

चिकित्सकका अनुसार जाडोमा अदुवा र ल्वाङ हालेको चिया खानुका छुट्टै महत्व हुन्छ । अदुवामा भिटामिन सी को मात्रा धेरै हुन्छ । साथै म्याग्नेसियम र अन्य खनिज पदार्थ धेरै मात्रामा पाइन्छ । अदुवाको जरा स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्ता छन् जाडोमा अदुवाको चिया खानुका फाइदा

रुघा खोकीबाट छुटकारा :  चियामा अदुवाको प्रयोग गर्नु रुघा तथा खोकी राहतमा धेरै प्रभावकारी हुन्छ । अदुवामा तुल्सीको पात, मह, कागती र ल्वाङ मिसाएर पनि खान सकिन्छ।

पाचन शक्ति बढाउछ : अदुवाको चिया पिउँदा पाचन शक्ति बलियो हुन्छ । यसको प्रयोगले पेट दुखाई र ग्याससम्बन्धी समस्यालाई कम गर्दछ । जाडो मौसममा अदुवाको चिया वा रस पिउँदा कागती र कालो नुन मिसाउने हो भने पेटको समस्या निराकरण हुन्छ।

तौल नियन्त्रण गर्छ : अदुवा मोटो शरीरको लागि धेरै फाइदाजनक हुन्छ । तौल कम गर्न चाहने व्यक्तिका लागि अदुवाको पानी र चिया राम्रो हुन्छ । वास्तवमा अदुवामा कार्टिसोल भएको कारण पेटको बोसो र शरीरको अधिक बोसो कम गर्न मद्धत गर्छ ।

एलर्जीको रोकथाम : अदुवामा एन्टी ब्याक्टेरियल र एन्टी अक्सीडेन्टको गुण हुन्छ । जसले धेरै रोगहरुबाट बच्न मद्धत गर्छ । जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जी बाट बचाउँछ । हाड जोड्नीको दुखाईको समस्या भएका व्यक्तिलाई अदुवाले धरै फाइदा गर्दछ ।

रक्त सञ्चारमा सुधार :  अदुवामा रहेको भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो बनाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ।

तनाव मुक्त :  दिकदार र तनाब बाट बच्न अदुवाको चिया एकदमै फलदायी हुन्छ । जाडो मौसम र व्यस्त जीवनशैलीमा अदुवा एक सबै भन्दा राम्रो औषधी बन्न सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here