दशैभर भारी हिमपात र वर्षा हुने सम्भावना रहेकोले मौसमविदद्धारा सतर्क रहन सुझाव

159

काठमाडौं /  नेपालको उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले  जनाएका छन् । नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेका कारण  माैसममा यस्तो परिवर्तन भएको हो ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली सोमबार बेलुका नेपाल प्रवेश गरेको हो। पश्चिमबाट भित्रिने यो पश्चिमी न्यून चापीय प्रणालीको हल्काफुल्का प्रभाव रातिदेखि नै सुरु भइसकेको उनले जानकारी दिइन्।

‘यो अलि बलियै खालको प्रणाली हो,’ मौसमविद् बासीले भनिन्, ‘यसले अलि दिन प्रभाव जमाउने देखिन्छ, त्यसबारे हामी क्रमशः बुलेटिन प्रकाशन गरेर जानकारी गराइरहन्छौं।’

महाशाखाका अनुसार यस प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ। बुधबार र बिहीबार देशभर बदली भई तापक्रममा गिरावट आई देशैभर चिसो बढ्ने उनले जनाइन् ।

साथै यस प्रणालीका कारण बुधबार र बिहीबार देशका पश्चिमी भूभागका धेरै स्थान र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाले विशेष बुलेटिन नै जारी गर्दै भनेको छ स् उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने र तापक्रममा गिरावट पनि हुने सम्भावना रहेकाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारणलगायत सबैमा अनुरोध  गरेको छ ।

तराईमा दुई दिन घाम लाग्ने, जाडो घट्ने

हुस्सु/कुहिरोका कारण केही दिनदेखि घामको मुखसमेत देख्न नपाएका तराईवासीले भने यो मौसमी प्रणालीबाट केही राहत पाउने भएका छन्।

मौसमविद् बासीका अनुसार न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुने भएकाले दुई दिन मंगलबार र बुधबार तराई क्षेत्रमा हुस्सुरकुहिरो हट्ने भएको हो। बुधबार साँझदेखि भने यो प्रणाली सशक्त भई हिमपात र वर्षा सुरु हुने भएकाले देशभर चिसो बढेसँगै फेरि तराईमा पनि जाडो बढ्छ,’ उनले भनिन्।

काठमाडौंमा पनि वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका अन्य स्थानसँगै काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ। ‘बिहीबार काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ, तर एकदम कम छ,’ मौसमविद् मञ्जु बासीले भनिन्, ‘शनिबार भने वर्षाको एकदमै धेरै सम्भावना छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here