मानव बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार

99

काठमाडौं / सन् २०१९ मा मानव बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार माइती नेपालले गरेको छ । सन् २०१९ को जनबरीदेखि डिसेम्बरसम्म नेपाल, भारत सीमा तथा अन्य देशबाट बेचिएका लगभग ३ हजार मानिसको उद्दार गरिएको हो ।

दिन दिनै  बढ्दै गएको मानव बेचबिखन तथा ओसारपसारले विकराल रूप लिन थालेको माइती नेपालका अध्यक्ष विश्वराम खड्का  जानकारी  दिए ।

आज मंगलबार माइती नेपालमा भएको कार्यक्रममा उनले माइती नेपालले सन् २०१९ को जनबरीदेखि डिसेम्बरसम्म महिला तथा बालबालिका लगायत अन्य हिंसामा परेका व्यक्तिहरूको हकमा विभिन्न कार्य गरेको जनाए ।

उनले नेपाल भारत सिमानाबाट २ हजार ४ सय ८५ जना, भारतबाट बेचबिखनमा परि श्रम तथा यौन शोषणमा रहेका ३ सय २२ जना, खाडीबाट १६ जना र आन्तरिक बेचबिखनबाट ४४ जना उद्धार गरेको जानकारी दिए ।

खोजतलास तथा उद्धारका लागि  १ हजार ८ सय ६७ निवेदन परेकोमा ४ सय ३५ जनालाई फेला पारेको उनले बताए । यस्तै १ हजार ३ सय ८४ जनालाई नेपाल भारतको सीमा नाकाबाट परामर्श दिइ सुरक्षित घर फर्काइएको र २ लाख ४८ हजार ६ सय ४३ वटा यातायातका साधनमा निगरानी गरेको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here