मिल सञ्चालकहरूलाई पुसभित्र उखु किसानको पैसा तिर्न निर्देशन नतिरे कारबाही गरिने

21

काठमाडौं / सरकारले माघ पहिलो सातासम्ममा चिनी मिलका सञ्चालकलाई उखु किसानलाई बाँकी रहेको पैसा तिर्न निर्देशन दिएको छ ।

सात वर्षदेखिको उखुको मूल्य नपाएको भन्दै आन्दोलन गर्न काठमाडौं आएका उखु किसानसँग मन्त्रालयमा बुधबार भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मिल सञ्चालकलाई सो निर्देशन दिएका हुन् ।

मन्त्री भट्टले सरकारको निर्देशन नमान्ने चिनी मिल सञ्चालकलाई कारबाही गरिने जनाएका छन् । उनले तिर्न बाँकी रहेको ८० प्रतिशत यही पुस २५ गतेभित्र तिर्न पनि मिल सञ्चालकहरूलाई निर्देशन दिएका छन् ।

उता उखु किसानचाहिँ यस्ता आश्वासन पहिलेका सरकारबाट पनि पाएको भन्दै विश्वस्त हुन सकिरहेका छैनन् । ‘सरकारले यस्ता आश्वासन र प्रतिबद्धता त यसअघि पनि आएकै हुन्, आश्वासनमै भर पर्न सकिन्नँ, हामीहरू छलफल गरेर के गर्ने निर्णय गर्छौं,’ वार्तामा सहभागी एक उखु किसान भन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here