पाकिस्तानसंग लड्न नेपालीहरुलाई प्रयोग गरेकाे पुष्टि

89

काठमाडौं / भारतले  छिमेकी देश पाकिस्तानसंग लड्न नेपाली नागरिकहरुलाई प्रयोग गरिरहेको फेरि पुष्टि भएको छ । गोरखा सैनिकका नाममा भारतीय सेनामा भर्ना हुन पुगेका नेपाली नागरिकको फेरि ज्यान गएको छ ।

सन् २०२० नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाएका छन्  ।

जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति  अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका मामा सुजीत थापा भन्छन् । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए ।

थापासँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्यान गएको छ । अर्जुन र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले विज्ञप्ती निकालेर प्रशंसासमेत गरेको छ ।

बुधबार नै भारतीय सेनाले अर्जुनको परिवारलाई घटनाको बारेमा जानकारी गराइसकेको छ । उनको शवलाई नेपाली सीमाना काँकडभित्तासम्म ल्याउने पारिवारले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here