आगो निभाउनथप तीन हजार सेना परिचालन गरिने

173

आगो निभाउनथप तीन हजार सेना परिचालन गरिने

एजेन्सी / अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको जनाएका  हुन् । उनका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उहाँले थाहा पाएसम्मकै यो सवै भन्दा धेरै हो ।

“धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय आज गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ,” उनले भने ।

उनले तयारी अवस्थामा रहेको तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिए ।

झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको धारणा छ ।

यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थिए । अधिकारीहरुका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो ।

आगलागीका कारण अहिलेसम्म कम्तीमा १२ जनाको मृत्यु भएको र अरु २८ जना बेपत्ता भएको जनाइएको छ । देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ ।

अष्ट्रेलियाको तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । डढेलो ’नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here