आज राती स्पेनिस ला लिगामा चार खेल हुँदै, यस्ताे छ खेल तालिका

211

एजेन्सी / स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज चार खेल हुँदैछ । साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिडलगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् । रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा राति ८ः४५ बजे खेल्दैछ । गेटाफेविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थानको बार्सिलोनाविरुद्ध दबाब कायम राख्न चाहन्छ ।

यस्तै गेटाफेलाई हराउन सके रियल केही घण्टाको लागि शीर्ष स्थानमा उक्लनेछ । लिग लिडर बार्सिलोनाले स्पानियोलसँग उसैको मैदानमा राति १ः४५ बजे खेल्नेछ । लिगको पुछारमा रहेको टिमविरुद्ध जित निकाल्दै बार्सिलोना शीर्ष स्थान कायम राख्ने योजनामा हुनेछ ।

यस्तै एट्लेटिको मड्रिडले घरेलु मैदानमा लेभान्टेसँग खेल्नेछ । अर्को खेलमा भ्यालेन्सिया र इबर भिड्ने छन् । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३९ अंक छ भने दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here