शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल स्थगित

155

काठमाडौं / अखिल नेपाल फुटबल सङ्घ एन्फाले दशरथ रङ्गशालास्थित खेल मैदान हिलाम्य भएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज र भोलि हुने खेल स्थगित गरेकोे छ । मैदान खेल्न लायक नभएपछि पाँचौँ चरणका खेल अब सोमबारदेखि हुनेछन् ।

एन्फाका अनुसार सोमबार दशरथ रङ्गशालामा पहिलो खेल न्युरोड टिम र जावलाखेल युथ क्लबबीच तथा अर्को खेल मनाङ–मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीच हुनेछ । लिगको चौथो चरण सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ ।

मछिन्द्र क्लब दोस्रो, त्रिभुवन आर्मी क्लब तेस्रो, जावलाखेल चौथो, नेपाल पुलिस क्लब पाँचौँ, थ्री स्टार छैटौँ, ब्रिगेड ब्वाइज क्लब सातौँ, न्यू रोड टिम आठौँ, च्यासल युथ क्लब नवौँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब दशौँ, सङ्कटा क्लब ११औँ, हिमालयन शेर्पा क्लब १२औँ, फ्रेन्डस् क्लब १३औँ तथा सरस्वती युथ क्लब १४औँ स्थानमा छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here