बब्किनकली हात्ती सुन्दरी !

186

चितवन / मान्छेका सुन्दरी प्रतियोगिता धेरैले देख्नुभएकै होला नभए पनि पक्कै सुन्नुभएको छ तर यहाँ मान्छेको हैन हात्तीको सुन्दरी प्रतियोगिता भएको छ । पर्यटकीय नगरी सौराहामा भएको हात्ती सुन्दरीको उपाधि ३२ वर्षीया ढोई चम्पाकलीले जितेकी छे।

‘हात्ती मान्छेको साथी’ भन्ने नारासाथ आयोजना गरिएको हात्ती महोत्सवको आठौँ दिन बिहीबार हात्ती सुन्दरी प्रतियोगिता आयोजना गरिएको हो । विशेषतः पर्यटकलाई आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

चम्पाकलीको चहलपहल, बसउठ, हिँडाइ सौराहामा आज छुट्टै देखिन्थ्यो, हात्ती सुन्दरी प्रतियोगिताका नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले प्रतियोगिताको निर्णय सुनाउँदै भन्नुभयो, साँच्चै मान्छेले सुन्दरी प्रतियोगितामा दिनेजस्तै क्याटवाक आज चम्पाकलीले दिएर सबैलाई चकित पारी ।

भीमकाय हात्तीको सुन्दरी प्रतियोगितामा पोथी हात्तीबीच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा सहभागी पाँचवटा हात्तीलाई उछिन्दै १० वर्षकी बब्किनकली सुन्दरी घोषित भएकी हो । प्रतियोगिताको फस्ट रनरअप चम्फाकली र सेकेन्ड रनरअप जयमतिकली भई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here