रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

171

काठमाडाैं / गत पौष १३ गतेदेखि श्री जनसम्पर्क तथा सूचना निर्देशनालय र श्री उपत्यका पृतना हे.क्वा. को संयुक्त आयोजनामा रक्षा अभिमुखिकरण कार्यक्रमपौष १८ गते श्री उपत्यका पृतना हे.क्वा.का पृतनापति उपरथी निरञ्‍जन कुमार श्रेष्ठले एक कार्यक्रम बीच समापन गर्नु भएको छ ।

नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्‍चालन भएको उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्‍न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्‍न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

नेपाली सेनाको सबै पृतनाहरुमा उक्त अभिमुखिकरण कार्यक्रम सञ्‍चालन गर्ने उद्देश्य अनुरुप केन्द्रिय तहमा यस कार्यक्रम सञ्‍चालन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here