चर्चित कलाकार क्यामेला मेन्डेसलाई ड्रग्स दिएर यौन शोषण

313

एजेन्सी / अमेरिकी टीन ड्रामा ‘रिवरडेल’ की चर्चित कलाकार हुन् क्यामेला मेन्डेस। हालै उनले न्यूयोर्क विश्वविद्यालयमा अध्ययनका बेला आफ्नो यौनशोषण भएको कुरा खुलासा गरेकी छिन्। २५ वर्षीया क्यामेला एक पत्रिकासँग कुराकानी गर्दै भनेकी छिन्, ‘मलाई ड्रग्स दिएर मेरो यौन शोषण गरे। त्यो मेरा जीवनको सबै भन्दा खराब घटना हो।’

उनले स्कुलको पहिलो वर्षमै त्यस्तो नराम्रो घटना घटेको भन्दै उक्त घटना भूल्न नसकेको र हरक्षण सताइरहेको बताएकी छिन्। न्युयोर्क विश्वविद्यालय अन्तर्गतको ‘टिस्क स्कुल अफ आट्र्स’ मा आवेदन दिएपछि आफूमाथि यस्तो घटना घटेको बताउँछिन् उनी।

क्यामेलाले अभिनय गरेको ‘रिवरडेल’ को ३ सिजन पनि निकै सफलतापूर्वक रिलिज भइसकेको छ। चौथो सिजन पनि तयार भइसकेको छ। उनी ‘द न्यू रोमान्टिक’ र ‘द परफेक्ट डेट’ जस्तो हलिउड फिल्ममा पनि अभिनय गरिसकेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here