तरकारीमा रायोको साग खानुका फाइदाहरू

40

रायोको सागमा प्रशस्त मात्रामा भिटामिन ‘के’, भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘सी’ पाइनुका साथै फाइबर, म्याग्नेसियम र फोलेटजस्ता पोषक तत्वहरू पाइन्छ ।

रायोको सागमा पाइने भिटामिनले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिमलाई कम गर्छ । रायोको सागमा धेरै मात्रामा पाइने भिटामिन ‘के’ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुनेक्रम पनि रोक्छ ।

शरीरमा ५० वर्षपछि भिटामिन ‘के’ को कमिले हड्डी खिइने समस्या उत्पन्न गर्छ । भिटामिन ‘के’ को कमिमा शरीरलाई चाहिने आवश्यक कुरा हर्मोनबाट नलिकन हड्डीबाट लिन सुरु गर्न थाल्ने हुँदा पछि गएर हड्डी खुकुलो हुन गइ, खिइने क्रम बढ्दै जान्छ । भिटामिन ‘के’ ले महिनावारीका बेला जिउ दुख्ने समस्या, गर्भवति महिलालाई वाकवाकी आउने, टाउको दुख्नेजस्ता समस्यासमेत निम्त्याउने गरेको हुन्छ । रायोको सागले बाथका रोगीलाई पनि राहत दिन्छ ।

रायोको सागमा प्रशस्त मात्रामा पाइने फाइबरले पाचन प्रणालीलाई सक्रिय बनाएर खानालाई सजिलैसँग पचाएर कब्जियत हुन नदिनुका साथै पेटसम्बन्धी हुने विभिन्न रोग निको पार्छ । भोक नलाग्ने समस्या हटाएर पेटसम्बन्धी रोग निको भएमा र रगतसमेत सफा पार्ने भएकाले यसको सेवनले छालालाई इन्फेक्सनहरूबाट जोगाएर छालालाई सफा र चम्किलो राख्नमा मद्दत गर्छ । रायोको सागको नियमित सेवनले मुटुसम्बन्धी समस्या हुन दिँदैन ।

रायोको सागमा पाइने भिटामिन ‘ए’ले रतन्धो रोगबाट बचाउँनुका साथै आँखाको दृष्टिलाई बढाउन मद्दत गर्छ । रायोको सागले शरीरमा गर्मी पैदा गरेर रुघा खोकीको समस्या हुन दिँदैन । रायो सागमा पाइने भिटामिन ‘सी’ले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन, पिसाबको नलीमा हुने पत्थरीको जोखिम पनि रायोको कम गर्छ । नियमित रूपमा रायोको सागको सेवनले घट्दै गएको स्मरणशक्तिको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here