रियल विजयी, बार्सिलोना बराबरीमा रोकियो

227

एजेन्सी ÷ गए राति भएको स्पानिस ला लिगाअन्तर्गत खेलमा रियल मड्रिडले जित हात हासिल गर्दा बार्सिलोना बराबरीमा चित्त बुझाउन बाध्य भएकाे छ ।  खेलअघि बार्सिलोना ३९ अंकसहित शीर्ष स्थानमा र रियल ३७ अंकसहित दोस्रो स्थानमा थिए । रियलले शुरुमा गेटाफेलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो । तर स्पानयोलसँग बराबरी खेलका बाबजुत पनि बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । १९ खेलबाट दुवैको समान ४० अंक भएपनि बार्सिलोना गोलअन्तरमा अगाडि छ ।

स्पानयोलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २-२ को बरारीमा रोकिएको हो । घरेलु मैदान डेविड लोपेझको गोलबाट २३औं मिनेटमा स्पानयोलले अग्रता लिएको थियो । पहिलो हाफमा बार्सिलोनाले पछि पनि दोस्रो हाफमा दुई गोल फर्काउदै अग्रता लिएकाे थियो ।

खेलकाे ५० औं मिनेटमा लुइस सुअरेज र ५९औं मिनेटमा अर्टुरो भिदालले गोल गरेपछि बार्सिलोना ३ अंकतिर लम्केको थियो । तर ७५औं मिनेटमा फ्रेन्की डे जोङ रातो ९दोहोरो पहेँलो० कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दश खेलाडीमा झर्‍यो । त्यसैको फाइदामा स्पानयोलका लागि ८८औं मिनेटमा वु लोइले गोल गर्दै खेल बराबरी गरे ।

उता गेटाफेको मैदानमा रियलले सहज जित हात पार्दा राफेल भरान र लुका मोडरिचले गोल गरे । गेटाफेको घरेलु मैदानमा डेविड रियाले आत्मघाती गोल गर्दा रियलले पहिले अग्रता बनायो । भरानले ५३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । इन्जुरी टाइममा मोडरिचले गोल गर्दै जित सहज बनाए ।

यस्तै एट्लेटिको मड्रिडले लेभानेटेलाई २-१ ले पराजित गरेको छ । १९ खेलबाट सेभिया समान ३५ अंङ्क जोडेको एट्लेटिको गोल अन्तरमा अगाडि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here