कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार व्यक्ति पक्राउ

146

काठमाडाैं / कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार व्यक्ति पक्राउमा परेका छन् ।

नाईजेरियन र भारतिय नागरिकहरुसंग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट रू.५ अर्व (५० मिलियन डलर) भन्दा बढी रकम Hack गरी लैजाने योजना बनाई बिभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको Credential Hacking गरी रकम निकाली ठगी गरेको वारदातमा ह्याकिङ्ग गरेको एक करोड रकम सहित फरार रहेका जिल्ला मोरङ्ग, रंगेली न.पा. वडा नं. २ का ४३ वर्षीय दिपक नेपाल यस अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले  पाैष १८ गते पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडाैं जिल्ला अदालत पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here