सुन र हिरा लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

88

काठमाडौं /  मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने दुईजना त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ परेका छन्।

विमास्थल प्रमुख भन्सार अधिकृत राजकुमार अधिकारीका अनुसार पाँच सय ग्राम सुन  र एक सय ग्राम हिरासहित दुई भारतीय नागरिक पक्राउ परेका हुन्।

 प्रहरीले सारजाबाट एयर अरेबियामा नेपाल आएका कोत्ताकुथ किजाकेथिल नौशद र मलेसियाबाट आएका मोहमद मेदिन सथाली पक्राउ परेका हुन्। भन्सार एरिया कटिसकेपछि चेकजाँच गर्दा शंकास्पद बस्तु बोकेको पाइएपछि पक्राउ परेका हुन्।

सथालीले दुई सयग्राम हिरा पेटमा राखेको र नौशदले पाँच सय ग्राम सुन मलद्वारमा राखेको पाइएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर निकालिएको हो।

अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here