अमेरिकी महिलाले दुई वर्षकाे अन्तरालमा ६ वटा बच्चा जन्माइन्

76

एजेन्सी /  अमेरिकाको केन्सास शहरमा एक २० वर्षिया महिलाले दुई वर्षको अन्तरालमा ६ बटा बच्चालाई जन्म दिएकी छिन् । दनेशा काउच नाम गरेकी यी महिलाले २६ महिनामा ६ वटा बच्चा जन्माएकी हुन् ।

उक्त समयमा दनेशा तीनपटक गर्भवती भइन् र उनले तीनै पटक जुम्ल्याहा बच्चाको जन्म दिएकी हुन् । २०१४ मा अप्रिल मा पहिलो जुम्ल्याहा बच्चाहरु डनेरियस र डेसमंडको जन्म दिएकी थिइन् । डेसमंडको जन्मेको केही समयमा नै मृत्यु भएको थियो । मे २०१५ मा दोश्रोपटक जुम्ल्याहा बच्चाको डेलीलाह र डेवीनालाई जन्म दिएक िथिइन् । यसपछि उनले तेश्रोपटक १७ जुनमा जुम्ल्याहा बच्चा डीलाइन र डार्लाको जन्म दिएकी थिइन् ।

यी छ वटा बच्चाहरु दुई बाबुका सन्तान भएको पुष्टि भएको छ । उनको छोरा डेसमंडको मृत्युको कारण उनलाई बेचैनी भएका कारण आफ्नो वर्तमान पार्टनरसंगको सल्लाहमा चार वटा बच्चा जन्माइएको  जनाइएकाे छ ।

दनेशा आफ्नो जैविक कारणबाट जुम्ल्याहा बच्चा जन्माउन सक्षम भएको जनाइएको छ । उनको हरेक महिनामा अन्डा दोब्बर बन्ने हुनाले जुम्ल्याह बच्चाको अधिक संभावना हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here