तमसुक बनाउने रामबाबुराय यादव’खुंखार साहु’ पक्राउ

14

काठमाडौं / मिटरव्याजमा ऋण लगाएर गरिव किसानको घरखेत असुल्न पल्किएका राजपका केन्द्रीय सदस्य रामबाबुराय यादवलाई सर्लाही प्रहरीले बुधबार पक्राउ गरेको छ  ।

ऋण दिँदा बन्धकी राखेको जमिन दृष्टिबन्धक गर्ने र पछि रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा राखेको आरोप लागेका उनीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको हो । लाख दिएर करोडको तमसुक बनाउने गरेको पनि यादवमाथि आरोप छ ।

यादवसहित ब्रहमपुरीका सञ्जय शाह रौनियारले करिब एक हजार पाँच सयभन्दा बढीलाई मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको घटना सार्वजनिक भएको छ । करिब एक सय पीडितहरु काठमाडौं आएका छन् । महान्याधीवक्ताको कार्यालय सिंहदरबार पुगेका पीडितहरुले त्यहीँ रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पनि आफ्नो समस्या सुनाएका थिए ।

पीडितहरुको समस्या सुने लगत्तै उनको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई पक्राउ गरेको हो । उनले गत निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । तर उनी हारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here