अमेरिकी कम्पनीले इराकबाट फर्कायो ३० नेपाली

91

काठमाडौं / इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको छ । ग्रिन जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो ।

अमेरिकी दूतावास र सैन्य क्याम्प मा कार्यरत आपूर्ति गर्ने कम्पनीहरुले विदेशी कामदारलाई स्वदेश फर्काइरहेका छन् । ‘सुरक्षा खतरा बढेपछि कम्पनीले हामीलाई घर फर्कन इच्छुक हो होइन सोधेको थियो, मैले तुरुन्तै नाम दिएँ,’ काठमाडौं आइपुगेका सर्लाहीका तिलक परियारले भने, ‘संयोगले फिर्ने सूचीमा परिहाले ।’

परिस्थितिअनुकूल भएपछि बोलाउने भनिएको उनले बताए । कम्पनीले अवस्था हेरेर पठाउने र बोलाउने प्रक्रिया चलिरहन्छ । ६ वर्षदेखि अमेरिकी दूतावास परिसरभित्र प्लम्बरको काम गर्दै आएका उनका अनुसार अमेरिकी दूतावास इरानबाट मात्रै नभई इराककै विद्रोही समूहको पनि निशानामा छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here