सुत्केरीको मृत्युपछि शिक्षण अस्पतालमा तोडफोड

329

काठमाडौं / जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।

भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले लापरबाहीको आरोप लगाएका छन्।

मृतककी आफन्त कला राईका अनुसार सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा लापरबाही भएको हो। भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइदिएको उनले आरोप लगाइन्।

आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग समेत गरेका छन्। सोहि क्रममा आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन्।

आफन्तले अस्पताल प्रशासनलाई सत्यतथ्य बाहिर ल्याउन भन्दै नाराबाजी समेत गरेका छन्। तर प्रशासनका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अस्पतालमा तोडफोड भएपछि प्रहरीले सुरक्षा दिइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here