आफ्ना दुई छोराहरूलाई विष खुवाई हत्या गर्ने आमालाई जन्मकैद

48

दैलेख / आफ्नै दुई छोराहरूलाई विष खुवाई हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले एकजना महिलालाई जन्मकैदको फैसला सुनाएको छ।

७५ कात्तिक १० गते दिउँसोको खाजा खाने समयमा खाजामा विष मिसाई आफ्नै नावालक दुई छोरालाई खुवाई हत्या गरेको कसुरमा जिल्लाको महावु गाउँपालिका १ खरीगैराकी २४ वर्षीया कल्पना नेपालिलाई जिल्ला अदालत दैलेखका न्यायाधीश  दण्डपानी लामिछानेको ईजलासले सोमबार जन्म कैदको फैसला सुनाएको जिल्ला अदालतका दैलेखका सुचना अधिकारी विनोद आचार्यले जानकारी दिए।

कल्पनाले विष खुवाएका दुई छोरामध्ये जेठो छोरा ७ वर्षिया आयुष नेपालिको उपचारका लागि बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो भने कान्छो छोरा ३ वर्षीया अमित नेपालीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here