नेपाल सरकारले नभत्काए जनताले छाँया सेन्टर भत्काउनेछन्

187

काठमाडौं / ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी मासेर छाँयादेवी कम्प्लेक्स बनाइएको भन्दै अभियन्ताहरुले भत्काएरै छाड्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा हिजो पत्रकार सम्मेलन भएको कार्यव्रmममा उनीहरुले ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी मासिंदा समेत गणतान्त्रिक सरकारले मौनता साँध्नु लज्जास्पद हो भन्दै जनताको शक्तिले त्यसलाई भत्काउनसक्ने जनाए । अभियानको आन्दोलन जारी रहेको भन्दै छायाँ कम्प्लेक्स कसैले बचाएर बचाउन नसक्ने स्पष्ट पारे ।

ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनस्थापना अभियानका संयोजक भागवत नरसिंह प्रधानले छायाँदेवी कम्प्लेक्स निर्माण भएको स्थानमा ऐतिहासिक कमलपोखरी रहेको तथ्य प्रस्तुत गर्दै त्यसलाई भत्काएरै छाड्ने जनाए । अध्यक्ष प्रधानले १५ हजार व्यक्तिको हस्ताक्षर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराइसकिएको जानकारी दिदै सम्पदामाथिको अतिक्रमणविरुद्ध कडा कदम चाल्न पछि नहट्ने जनाए । उनले भने, ‘ऐतिहासिक पुरातात्विक कमलपोखरी रहेको ठाउँमा जसरी छायाँ कम्प्लेक्स बनाइएको छ त्यो सरकार नभत्काए जनताले भन्काउनेछन् ।’ आफूहरु छायाँ कम्प्लेक्सबारे अदालतको फैसला कुरेर बसेको भन्दै त्यसपछि निर्णयमा पुग्ने जनाए । अदालतमा वर्षौं देखि न्यायको लडाईं लडिरहेको भन्दै कमलपोखरी कब्जा गर्नेहरुलाई कदापि सफल हुन नदिने जनाए ।

भवन बनाउँदा लाग्दा आफूहरुले रोक्नका लागि सिंहदरबार देखि काठमाडौं महानगरपालिका, पुरातात्विक विभागलगायतका ठाउँहरुमा आवाज उठाउँदा पनि सुनुवाई नभएको खुलाए । उनले भने, ‘राज्यमा पहुँच र प्रभावको दुरुपयोग गरी ऐतिहासिक पोखरी माँसेर छायाँ कम्प्लेक्स बनाइयो । गणतन्त्रमा सांस्कृतिक सम्पदा माँस्दा पनि जिम्मेवार नेताहरु मौन बस्नु हाँस्यास्पद हो ।’ पोखरी माँस्न मनी र मसलको प्रयोग भएको भन्दै जनताको शक्तिका अगाडि त्यसको केही नचल्ने बताए । पोखरी माँसेर बौद्ध धर्मालम्बी स्थानीय नेवार समुदायको संस्कृतिमाथि आक्रमण गरिएको उनको आरोप थियो । जनताको विरोधका बाबजुद छायाँ कम्प्लेक्स उद्घाटनका लागि वर्तमान पर्यटनमन्त्री योगेश भट्टराई पछाडिको ढोकाबाट पुगेको घटना रेकर्डमा रहेको भन्दै उनीपनि जनताबाट अबको चुनावमा अस्वीकृत हुने चेतावनी दिए ।

कार्यक्रममा प्रेस विज्ञप्तिमार्फत् अभियानका संयोजक भागवतनरसिंह प्रधानले ऐतिहासिक पोखरी रहेको तथ्य र प्रमाणहरु प्रस्तुत गरेका थिए । छायाँ कम्प्लेक्स बनेपछि त्यसको विरोधमा संसदमा समेत आवाज उठेको भन्दै न्यायका लागि सबैले दबाब दिनुपर्नेमा जोड दिए । उनले भने, सम्पदा जोगाउन सकिएन भने हामी कोही पनि जोगिदैनौं, त्यसैले सम्पदाविरोधीलाई घुँडा टेकाउने अभियानमा सबै आ आफ्नो स्थानबाट लागौं । चलखेल, दाउपेच र गुण्डागर्दीको बलमा छायाँ कम्प्लेक्स बनाइएको प्रधानले बताए । उनले भने, ‘राणा शासनमा पनि नभएको गतिविधि गणतन्त्र नेपालमा हुनु लाजमर्दो विषय हो ।’

अभियानका सल्लाहाकार सुधन शाक्यले सांस्कृतिक सम्पदामाथि अतिक्रमण देखि हडप्ने गतिविधि भइरहेकोमा सबै सचेत हुनुपर्ने जनाए । आफूले देखेको पोखरी हडपेर छायाँ कम्प्लेक्स बलजफ्ती बनाइएको भन्दै त्यसलाई कुनै हालतमा भत्काउनुपर्ने बताए । संस्कृति माँस्ने क्रम जारी रहे टुँडिखेल पनि नरहने उनको धारणा थियो । शाक्यले भने, ‘सांस्कृतिक सम्पदामाथि गणतन्त्रात्मक सरकारकै पालामा प्रहार भइरहेको छ ।’ देशमा राणा शासनको अन्त नभएको महशुश भइरहेको जनाए ।
पुरानो पोखरीमा बनेको नयाँ महल अशोभनिय मात्र नभई अराजकताको पराकाष्ठ भएको ठमेलका स्थानिय नरेश श्रेष्ठले बताए । उक्त ठाँउमा पहिला फागुपुर्णिमामा सात दिन सम्म मेला लाग्ने पनि उनले जानकारी दिए । उनले सम्पदा मासिदै राजनितिकरण, व्यापारीकरण हुदै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा सभापति श्रीकृष्ण मानन्धरले आफुलाई नेपाली हु भन्न राष्ट्रको सम्पदा बचाउन र छाँया सेन्टर भत्काउन सबैमा आग्रह गरेका थिए ।

अभियानका सचिव पेम्बा शिल्पकारले राष्ट्रिय सम्पदा माथि गरिएको अन्यायलाई जसरी पनि न्याय दिने दृढटा व्यक्त गरे । उनले छाँयासेन्टरलाई भत्काइ छाड्ने चेतावनी समेत दिएका छन् ।

त्यस्तै छाँया सेन्टरबाट आफू पिडित भएको भन्दै पञ्चलाल मर्हजनले जालसाजीमा पारिएको जनाए । आफूले छायाँ सेन्टरमाथि गृह मन्त्रालयमा उजूरी दिने समेत बताए ।

प्रेस विज्ञप्ति
ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी गैरकानुनी तरिकाले मासेर
छाँयादेवी कम्प्लेस प्रा।लि।द्वारा ब्यापारिक भवन निर्माण गरिएको बारेमा
प्रेस विज्ञप्ति
मिति ः २०७६ पौंष २८ गते
१. विषय प्रवेश
हाम्रो देश नेपाल बहु–भाषिक, बहु–सांस्कृतिक, बहु–धार्मिक, बहु–जातीय तथा भौगोलिक विविधतायुक्त देश हो । यहाँ हरेक जातजातिहरुको आफ्नै मौलिक भाषा, संस्कृति र सभ्यता रहेको छ । यस्ता मूर्त–अमूर्त सम्पदा भनेका कुनै व्यक्तिका पूर्वजहरु तथा समुदाय आदिले परोपकारी भावना तथा धर्मकीर्तिको लागि आफ्नो भावी पुस्ताको लागि निर्माण गराएका हुन्छन् । यस्ता सम्पदा भनेका कुनै समुदायको तथा ब्यक्तिको निजी नभई यस्तो अमूल्य सम्पदाहरु भनेका राष्ट्रको नै अमूल्य गरगहना हो । व्यक्ति, समूदाय तथा राष्ट्रको पहिचान यी यस्तै भौतिक–अभौतिक तथा प्राकृतिक सम्पदाहरुमा रहेको हुन्छ । आज यस्ता सम्पदाहरुले गर्दा नै हाम्रो नेपाल देशलाई विश्व माझ परिचित गराएको छ । यस्तै प्राचीन मौलिकता भएको संस्कृति तथा सांस्कृतिक धरोहरहरु हेर्न संसारका मानिसहरु नियमित रुपमा हाम्रो देशमा आउने गरेका छन् । आज नेपाल ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक सम्पदाहरुले गर्दा प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा स्थापित भएको छ । नेपालमा पर्यटन व्यवसाय फस्टाएकोले यसले आर्थिक क्षेत्रमा विशेष टेवा पु¥याएको छ । यसरी देशको विद्यमान अवस्था हेर्दा पर्यटन क्षेत्रलाई नै देशको प्रमुख आर्थिक श्रोतको रुपमा लिई आर्थिक समृद्धिको मेरुदण्डको रुपमा समेत लिन सकिन्छ । यी यस्ता ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाहरुको संरक्षण एवं सम्वद्र्धन गर्ने प्रमुख दायित्व राज्य तथा सरकारको भएतापनि यस्ता सम्पदाहरु जगेर्ना हुन सकिरहेको छैन । आज दलाल, भू–माफिया, भ्रष्ट कर्मचारीहरुको मिलेमतोमा परी सरकारी नीतिगत तवरबाट नै यस्ता सम्पदाहरु नष्ट हुँदै गइरहेको छ ।
हालै राज्यले नै सुन्धारामा रहेको नेवार समुदायको मृत्यु संस्कारसँग गाँसिएको सांस्कृतिक मार्ग ९उपागु जाने बाटो० अतिक्रमण गरी सोही स्थानमा आधुनिक व्यापारिक भवन बनाउँदैछ । फास्ट ट्राय्कको नाममा कू देश र सिकालीको पुरातात्विक सम्पदा उजाडिदैछ । सडक विस्तारको नाममा सम्पदाहरु नै मासिदैछ । यसैगरी हजारौँ वर्ष पुरानो ठमेलस्थित स्थानीय नेवार समुदायको संस्कृति र सभ्यतासँग जोडिएको धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा प्राचीन कमलपोखरी गुठीयार, गुठी संस्थान, मालपोत कार्यालय आदिलाई सत्ता, शक्ति र पैसाको आडमा प्रभावमा पारी अतिक्रमण गरी नष्ट गरी उक्त पोखरीमा हाल छायाँदेवी कम्प्लेक्स भन्ने ब्यापारिक भवन बलजफ्ती स्थानीयहरुको विरोधका बाबजुद ठडाइएको छ ।

२. ठमेल (थँबहिल) को परिचय
थँ नेवारी भाषामा ज्येष्ठ तथा माथिल्लो भन्ने बुझाउँदछ । बहिल भन्नाले विहार भन्ने जनाउँछ । कान्तिपुर शहरको उत्तरी माथिल्लो भेगमा निर्माण गरिएको विहार भएकोले थँबहिल भनिएको हो । थँ बहिललाई विभिन्न नामले चिनिन्छ । थँबहिललाई जस्तै विक्रमशील महाविहार, धर्मधातु महाविहार तथा राजविहार पनि भनिन्छ । यस विहार क्षेत्रको नामाकरण यसै विहारबाट भएको हो । आजभोलि थँबहिल शब्द अप्रभंश भई ठमेल भएको छ । यो विहार लिच्छवीकालीन विहार हो ।

३. कमलपोखरी र डिलको ऐतिहासिक तथा धार्मिक महत्व
यस विहारको निर्माणसँगै विहारको पूजा, चाडपर्व तथा संस्कारका लागि निर्माण गरिएको कमलपोखरी, विहारको ठीक पूर्र्वितर रहेको छ, जुन तान्त्रिक विधिले बनाएको पोखरी हो । यस पोखरीको चारैतिर र बीचमा तान्त्रिक विधिले बनाएका इनारहरु थियो । उक्त पोखरीमा कमलको फूल फुलाइन्थ्यो । त्यसैले यस पोखरीलाई कमलपोखरी भनिएको हो । कमलको फूल विहारको भगवानलाई दिनहुँ चढाएर नित्य पूजा–अर्चना गर्ने परम्परा थियो । पोखरीको पानीले भगवानलाई नित्यस्नान गराई कमलको पात गुँला महिनाको दिनमा बज्राचार्य पूजारीहरुलाई प्रज्ञापारमिता ग्रन्थ पढ्ने समयमा देवालाई झै उक्त कमलको पातहरुमा चौरासी व्यञ्जन बनाएर दिने परम्परा थियो । पोखरीको डिलमा स्थानीयहरुले श्राद्धको पिण्ड सेलाउने परम्परा थियो । यस पोखरीमा जात्रा सहित सरसफाइ गर्ने परम्परा थियो । पोखरीको डिलमा फलफूलको बगैँचा लगाउने गरिन्थ्यो । विहारको पोखरी तथा डिल संरक्षणको लागि विहारको गुठीसँग सम्बन्धित व्यक्तिलाई ठेक ९ठेक्का०दिने परम्परा थियो । यो ठेक स्वरुप विहारको गुठीको तहविलमा वार्षिक रु।१२५ दाखिला गराउने परम्परा थियो । पूजालाई प्रयोग गरी बाँकी भएको कमल र पात बिक्री गर्दथ्यो ।

४. केशर शमशेरको अनधिकृत कार्यहरु
परापूर्वकालदेखि विहारको पूजा, जात्रापर्व, संस्कार आदिको लागि प्रयोग गरिदै आइरहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको नेवारी संस्कृति र सभ्यतासँग जोडिएको कमलपोखरी जहाँनिया राणा शासनको समय १९७७ सालमा बलजफ्ती श्री ३ चन्द्र शमशेर राणाका रोलवाला जनरलका छोरा केशर शमशेरले आफ्नो दरबारको शोभा बढाउन भनी आफ्नो दरबारको कम्पाउण्ड भित्र पारे । त्यस समय पश्चात ठेक दिने परम्परा रोकियो । वि।स। १९७८ मा पोखरीको डिलको सट्टाभर्ना दिने र पोखरी प्रयोग गरे वापत अघिको परम्परा बमोजिम वार्षिक रु।१२५ दिने भन्ने पत्र सहित भनिए तापनि जग्गाको सट्टाभर्ना दिएन भने पोखरी प्रयोग गरे वापत रुपैया १२५ दिन थालियो । तत्कालीन समयमा राणा विरुद्ध लड्ने अवस्था थिएन । जात्रापर्वमा फूलसम्म टिप्न दिने र वार्षिक रकम रु। १२५ सम्म बुझाई आएकोले सहेर बस्न बाध्य पारिएको थियो ।

५. राजगुठी कायम
भूमि सम्बन्धी ऐन, २०२१ लागू भएपछि प्रशस्त जमिन भएको यस गुठीको जग्गामा हदबन्दी लाग्ने हुँदा गुठीको आयस्ता र मोहीको सहयोग विना गुठीको धार्मिक, सांस्कृतिक पर्व तथा गुठीको संरक्षण नहुने हुँदा हदबन्दीबाट गुठीको जग्गा जोगाउन २०२५ सालमा यस गुठीलाई राजगुठी मातहत छुटगुठीमा परिवर्तन गरियो । छुटगुठीमा दर्ता भएका सबै राजगुठीमा परिवर्तन भई सबै गुठियारको हकअधिकार गुठी संस्थानमा सरेको छ्र । जनरल केशर शमशेरको मृत्यु पश्चात छोरा केयूरशमशेरले २०२५ सालताका पोखरीको केही भाग सुकाउने काम गर्दा यस्तो नगर्न गुठियारहरुले पटक–पटक आग्रह गर्दा सत्ता र शक्तिको मात चढेका राणाले केही सुनेन । विहार गुठीले लिने गरेको रु।१२५ लिन बन्द गरिदिए ।

६. धर्मलोप मुद्दाको व्यहोरा
प्रजातन्त्र आइसकेकोले उक्त पोखरी संरक्षण गर्न केयूरशमशेर विरुद्ध २०२७ सालमा धर्म–कीर्ति रक्षार्थ जिल्ला अदालतमा धर्मलोपको मुद्दा दायर गरे । सो पोखरी मासियो भने धर्मलोप हुने स्वीकार्दै उक्त पोखरी डिलमै कायम गरी साविक बमोजिम गुठीको नाममा नै दर्ता कायम गर्ने मन्जुर गरी २०३३ सालमा गुठी संस्थानको रोहवरमा सर्वोच्च अदालतमा मिलापत्र गरियो । वि.सं. १९६५ सालको रसिद अनुसार क्षेत्रफल २६।५ रोपनीमा फैलिएको पोखरी र डिल समेत वि।सं।२०३३ सालको शहरी क्षेत्रको नापी हुँदा यस पोखरीलाई मात्र कि.नं. १६७ मा पारी क्षे.फ. १२–१३–२–२ मा सिमित पारी बाँकी हडपे । यस नापीको आधारमा बनाएको फिल्डबूकमा पनि पोखरी नै जनिई सार्वजनिक कायम छ ।

७. अनधिकृत राजीनामा
केयूर शमशेरले आफ्नो व्यक्तिगत प्रभाव तथा सत्ता र शक्तिको आडमा मोही नलाग्ने प्रकृतिको पोखरीमा दर्तावाला मोही कायम गराई हतार–हतार २०३९ सालमा कि।नं। १६७ को पोखरीलाई कित्ताकाट गरी १६१६ नं। कित्ता सुधा पौडयाललाई ०–६–०–० र कि।नं। १६१७ विना पौड्याललाई २–१०–०–० राजीनामा गरी बाँकी कि।नं। १६१८ केयुर शमशेरले आफ्नै नाममा मोही कायम गरेको देखिन्छ । २०३३ सालको गुठी ऐनले दर्तावाल मोहीको हक अधिकार नै समाप्त पारिसकेको छ । प्रचलित कानून अनुसार पोखरीमा न त दर्तावाला न त जोताहा मोही नै कायम हुन्छ ।

८. गुठीको अनधिकृत कार्य
केयूर शमशेरको मृत्यु पश्चात उक्त पोखरीको दुषित मोहियानी दर्ता निवेदनमा पोखरी नै होइन, पोखरी नाम गरेको जग्गा भनी २०४२ सालमा श्रीमती अम्बिका राणाले पत्र लेखेको देखिन्छ भने पोखरी शब्द षड्यन्त्रपूर्ण तरिकाले गुठीको केही व्यक्तिलाई र गुठी संस्थानका केही पदाधिकारीहरुलाई प्रभावमा पारी हटाई सिम किसिमको जग्गा देखाई पोता तिरेको देखिन्छ । कारण के थियो भने प्रचलित कानून अनुसार पोखरी डिलमा मोही लाग्दैन र व्यक्तिगत नाममा दर्ता पनि हुँदैन । २०४२ सालको गुठी संस्थानको कार्यालयमा रहेको फिल्डबूकमा भने सार्वजनिक पोखरी नै कायम छ । २०४४ सालमा नै तत्कालीन श्री ५ को सरकारले सरकारी सार्वजनिक कायम गरिसकेको मालपोत कार्यालयमा रहेको श्रेस्ताले पुष्टि गर्दछ । २०४४ सालमा विभिन्न जालसाज, सत्ता र शक्तिको व्यक्तिगत प्रभावमा पारी पति केयुर शमशेरको नामको दूषित मोहीयानी श्रीमती अम्बिका राणाको नाममा र सुधा र विणा पौड्यालको दाजु शंकर प्रसाद शाहको नाममा नाटकीय रुपमा नामसारी गरेको देखिन्छ । यसरी नै २०४७ सालमा उक्त पोखरीको कि।नं। १६१६, १६१७ र १६१८ रैतानीमा परिवर्तन गरेको देखिन्छ ।

९. गुठीबाट रैतानी बदर
२०४७ सालमा नै यस्तो गलत कार्य भएकोले गर्दा स्वयं गुठी संस्थानले २०३३ सालमा मिलापत्रको आधार तथा गुठी संस्थान ऐन २०३३ को आधारमा रैतानी बदर गरी पोखरीलाई सिम जग्गा कायम गराउन सहयोग गर्ने गुठी संस्थानका पदाधिकारी तथा भगवान बहाल गुठीका गुठियारहरुलाई कारवाही गर्न पत्र पठाएको देखिन्छ । गुठी रैतानी बदर विरुद्ध अम्बिका राणा लगायतले गुठी संस्थान उपर जिल्ला अदालतमा मुद्दा दायर गर्दा जिल्ला अदालतले गुठी संस्थानको निर्णय सदर गरिदिएको र पुनरावेदन अदालतमा बदर गरेको देखिन्छ । मुद्दाको किनारा लागेन ।

१०. पुनः धर्म लोपको मुद्दा
गुठियारहरुले २०५५सालमा अम्बिका राणा लगायतलाई धर्मकीर्ति लोपको मुद्दा दायर गर्दा अम्बिका राणाले कुनै हालतमा मुद्दा नजित्ने देखी २०५५ सालमा धर्मलोपको मुद्दा हाल्ने केही गुठियारहरुलाई प्रभाव र प्रलोभनमा पारी २०६२ सालमा सम्पूर्ण हकदाबीका साथ मुद्दा छोड्ने र यसको वापत १ करोड ५० लाख र ४ आना जग्गा अम्बिका राणाबाट गुठीलाई दिने गरी लेनदेन सहित जिल्ला अदालतमा मिलापत्र गरेको देखिन्छ । विहारको गुठी राजगुठी भएको कारणले गर्दा विहारको गुठियारहरुलाई विहारको चल–अचल सम्पत्तिहरु लेनदेन–बेचविखन मिलापत्र गर्ने वैधानिक अधिकार छैन । हक अधिकारबिहिन गुठियारहरुले गरेको मिलापत्र कानूनसम्मत नभई अवैधानिक ठहर्छ । वास्तविक हकवाला गुठी संस्थानले यस मिलापत्रको विषयमा अनभिज्ञता जनाएको छ । यसै दूषित मोहीयानी र मिलापत्रको आधारमा नाटकीय ढंगले षड्यन्त्रमुलक तवरमा आफूआफू बीचमा नै उक्त कित्ताको पोखरी नामसारी गरेको देखिन्छ ।

११. अनधिकृत नामसारी
मिलापत्र गरिसकेपछि २०६३ सालमा कि.नं. १६१८ कि।नं। २४१२ मा परिवर्तन गरी अम्बिका राणाको हाउजिङ कम्पनी सुरेशायको नाममा नामसारी गरेको देखिन्छ भने कि.नं. १६१६, १६१७ दाजु शंकर प्रसाद शाहको नाममा नै राखेको देखिन्छ । २०६४ सालमा दाजु शंकर प्रसाद शाह र बहिनी अम्बिका राणाको हाउजिङ कम्पनीको नाममा नामसारी गरिएको पोखरी आफ्नो नातेदार हिमालय शमशेर राणाको छोरी तथा पृथ्वी बहादुर पाँडेका श्रीमती प्रतिमा राणा पाँडेको नाममा नामसारी गरिएको देखिन्छ।

१२. छाँयादेवी कम्पलेक्स निर्माण
२०६५ सालमा उक्त प्रतिमा पाँडेको नाममा नामसारी गरिएको पोखरी श्रीमान पृथ्वीबहादुर पाँडेद्वारा सञ्चालित तथा अध्यक्ष रहेको छाँयादेवी कम्पलेक्स प्रा।लि। को नाममा सारिएको देखिन्छ । छाँयादेवी कम्पलेक्सले उक्त पोखरी मासी व्यापारिक भवन बनाउन शुरु गर्न लागेको देखेर भवन बन्नु अगाडि नै २०६९ सालमा स्थानीयहरुले विरोध जनाई प्रदर्शन गरेको थियो ।

१३. तेश्रो मुद्दा
स्थानीय गुठीसँग सम्बन्धित व्यक्तिहरुद्वारा सो कार्य हुन नदिन जिल्ला अदालतमा भवन निर्माण हुनु अगाडि २०६९ सालमा नै मुद्दा दायर गरिसकेका थिए भने यस्तो पोखरी संरक्षण गर्न २०७१ सालमा नै लाहुर्निप भन्ने संस्था र दीपक विक्रम मिश्र द्वारा सर्वोच्चमा रिट निवेदन हालेका थिए । स्थानीय गुठीसँग सम्बन्धित व्यक्तिहरुले हालेको मुद्दामा जिल्ला अदालतमा वादीलाई हराइयो भने पुनरावेदनमा विपक्षी नझिकाइकन शुरु फैसला सदर गरिदियो । तर सर्वोच्च अदालतमा जिल्ला र पुनरावेदनले गरेको निर्णय प्रतिकूल भई त्रुटिपूर्ण छ भनी मिति २०७३।१२।६ गतेमा निस्सा सहित दोर्होयाई हेर्ने आदेश दिएको छ । यस मुद्दाको किनारा नलागिकन मुद्दा विचाराधीन अवस्थामा नै जबरजस्ती सत्ता र शक्तिको आडमा छाँयादेवी व्यापारिक भवन ठडाइयो । सर्वोच्च अदालतमा २०७३ सालमा दिएको निस्साको विपक्षीहरुले पटक–पटक पेशी नै सारेर स्थगित भई हालसम्म पनि इजलासमा सुनुवाइ हुन दिइरहेको छैन ।

१४. भ्रमपूर्ण पत्रकार सम्मेलको खण्डन
छाँयादेवी कम्पलेक्सले मिति २०७६ फागुन ७ गतेमा पत्रकार सम्मेलन आयोजना गरी उल्लेख गरेको भ्रामक प्रचार तथा दावीहरु यस प्रकार रहेका छन् ः—
क। छाँयादेवी व्यापारिक भवन जहाँ बनिएको हो, त्यहाँ ऐतिहासिक पोखरी नै थिएन । उक्त पोखरी चन्द्र शमशेरले नौका विहार गर्न बनाइएको पोखरी हो ।
बिक्रमशील महाविहारको गुठीमा यस पोखरी पहिलेदेखि नै गुठी मातहतको पोखरी थियो भन्ने यथेष्ट प्रमाण तथा दस्तावेजहरु हालसम्म रहेको छ । यसैगरी यो पोखरीसँग सम्बन्धित यथेष्ट प्रमाणहरु गुठी संस्थान, मालपोत कार्यालय तथा भागवत नरसिंह प्रधानद्वारा लेखिएको पुस्तक ”थँबहिल बिक्रमशील महाबिहारको ऐतिहासिक कमलपोखरी भाग–१“ नामक पुस्तकमा अनेकन प्रमाणहरु छापिसकेका छन् । जसले पोखरी ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको गुठीको हो भन्ने प्रमाणित गर्दछ । १९७८ सालमा केशर शमशेरले गुठीलाई लेखेको पत्रमा आफैंले गुठीको पोखरी भनी स्वीकारेको छ । गुठीको पोखरी भनी २०२६ सालमा गुठी संस्थानले धरौटीको विषयलाई विहारको गुठीलाई लेखेको पत्रमा समेत केशर शमशेरका छोरा केयूर शमशेरले मेरो कम्पाउण्डभित्र पर्न गएको गरुड भगवान गुठीको पोखरी भनी आफैंले स्वीकारीसकेको अवस्था छ । २०३३ सालमा सर्वोच्चमा भएको मिलापत्रमा साविक बमोजिमको गुठीको पोखरी र डिल नै कायम गर्ने गरी गुठीको नाममा नै दर्ता कायम गर्ने भन्ने गुठी संस्थानको रोहवरमा मिलापत्र भएको छ । मिलापत्रमा केयूरशमशेरले समेत गुठीको ऐतिहासिक–धार्मिक पोखरी हो भनी स्वीकारेको अवस्था छ ।

ख. मोहीयानी हक प्राप्त गरेको
छाँयादेवी कम्प्लेक्स प्रा.लि. बनेको स्थान ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वको पोखरी हो । पोखरी धार्मिक, सांस्कृतिक महत्वको हो भनी २०३३ सालको मिलापत्रले खुल्दछ । १९७८ सालमा केयूर शमशेरका बुबा केशर र २०२६ सालमा नै केयुर शमशेरले गुठीको पोखरी भनी स्वीकारेको छ । यस्तो पोखरीमा मोही लाग्ने नेपालमा कुनै कानूनी प्रावधान छैन । यस्तो पोखरीमा न त दर्तावाला, न त जोताहा मोही नै कायम हुन्छ । केयूरशमशेरले दूषित दर्तावाला मोही कायम गरेको र दर्तावाला मोहीको हक अधिकार २०३३ सालको गुठी संस्थान ऐनले खारेज गरिसकेको छ । यसै ऐनको दफा २५(४) मा देवस्थल रहेका देवीदेवता, देवस्थल, पर्व–पूजा, जात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक प्रति जग्गा कुनै व्यक्तिको नाममा दर्ता गरिने छैन भनी उल्लेख गरिएको छ । केशर शमशेरले रु।१२५ बुझाई आएको रकम ठेक सम्मको देखिन्छ । त्यस्तो रुपैया बुझाउँदैमा मोहीयानी हक सिर्जना हुँदैन । कानूनले रित पुगेको व्यक्ति मोही हुन सक्छ । जुन केयूर शमशेरको हकमा पनि लागु हुन सक्दैन ।

१५. मोही नलाग्ने कानूनी प्रावधानहरु ः
१ गुठी संस्थान ऐन २०३३ को दफा २५(४), २६(४), २७(ख) मा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता नहुने ।
२ मालपोत ऐन २०३४ को दफा २४ सार्वजनिक जग्गा दर्ता नहुने, गरेमा स्वतः बदर हुने ।
३ जग्गा नापजाँच ऐन २०१९ को परिभाषा (च) पोखरी र सोको डिल सार्वजनिक ठहर्ने ।
४ भूमि सम्बन्धी ऐन २०२१ को दफा २ (ख) मा मोहीको परिभाषा अनुसार अरु जग्गा धनीको जग्गामा आफू वा आफ्नो परिवारको
श्रमले खेती गर्ने किसानसम्म पर्दछ । जुन केयूरशम्शेरको हकमा लागु हुनै सक्दैन ।

१६. गुठियारसँग गरेको मिलापत्र
विहारको सिंह सार्थवाह गरुड भगवान गुठी राजगुठी माहतको छुट गुठी हो । यो गुठी तैनाथी गुठी हो । २०३३ सालको गुठी संस्थान ऐनले गुठीको सम्पूर्ण अधिकार गुठी संस्थानमा सरेको छ । यस्तो गुठीको चल–अचल जायजेथाहरु देवमूर्ति समेतको सबै अधिकार गुठी संस्थानमा सरेको छ । यस्तो गुठीको गुठियार खान्गीदारहरुको सबै हक अधिकार समाप्त भइसकेको छ । तसर्थ, अधिकार र हक विहिन गुठियारले गरेको गुठीको सम्पदा पोखरी उपर गरिएको मिलापत्र गैर–कानूनी दूषित अवैधानिक ठहर्छ । गुठियारहरुलाई गुठीको चल–अचल सम्पत्तिको लेनदेन बेचबिखन आदि गर्ने अधिकार छैन । यस्तो गुठीको सम्पदा संरक्षण गर्न हदम्याद लाग्दैन । यस्तो दूषित दर्ता मिलापत्र आदि बदर गराउन जसले पनि जहिले पनि जुनै बेला पनि देशको कुनै पनि सचेत नागरिकले उजुरी र मुद्दा गर्न सकिने कानूनी प्रावधान तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अधिकार हरेक नागरिकलाई संविधानले प्रत्याभूत गरेको छ ।

भागवत नरसिंह प्रधान
अध्यक्ष
ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनस्स्थापना अभियान
सम्पर्क नं.९८४१२४७९४०

ऐतिहासिक तथ्य

वि.सं. २०४४ मंसीर २३ गते तत्कालीन श्री ५ को सरकार मन्त्री परिषदको निर्णय बमोजिम मालपोत कार्यालय काठमाडौंको जग्गाधनी दर्ता श्रेस्तामा राज गुठी अन्तर्गत सो सम्पदा कमलपोखरी नेपाल सरकारको नाममा दर्ता भएको थियो ।

ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानद्वारा अघि बढाइएका पहलकदमी–उजुरी तथा विरोध–आन्दोलनहरुका गतिविधिहरु हालसम्म निम्न अनुसार सम्पन्न भैसकेका छन् ः—
१. २०७५ पौष १० गते छाँयादेवी कम्प्लेस प्रा।लि।द्वारा सो कम्प्लेस उद्घाटन कार्यक्रमका लागि प्रमुख अतिथि संस्कृति तथा पर्यटन मन्त्री मा।रविन्द्र अधिकारी बोलाइएको थियो । तर नेवाः राजनीतिक अभियानको आयोजनामा धर्ना सहितको कोण सभाले गर्दा मन्त्रीज्यू आउनुभएन । हामी सो स्थानबाट नारा–जुलुस गरेर १०० जना जतिको साथीहरु ठमेल नरसिंह चोक हुँदै ठँहितिमा समापन ग¥यौं । पछि मा।योगेश भट्टराईले सो छाँयादेवी कम्प्लेसको पछाडिको बाटोबाट गएर उद्घाटन गरेको खबर पायौं ।
२. २०७५ माघ ११ गते नेकपा माओवादी (क्रान्तिकारी) को भातृ संगठन नेवाः राष्ट्रिय मुक्ति मोर्चाद्वारा इन्द्रचोकबाट शुरु गरिएको नेवाः मुद्दा केन्द्रित नारा–जुलुसमा सो छाँयादेवी कम्प्लेस अघि पुग्दा भूमाफिया छाँयादेवी कम्प्लेस प्रा.लि. विरुद्ध नाराहरु लगाइएको थियो ।
३। २०७५ फागुन ७ गते छाँयादेवी कम्प्लेस प्रा।लि।द्वारा सो कम्प्लेसमा आयोजित पत्रकार सम्मलेनमा कम्प्लेसका प्रवक्ताबाट आप्mना कुराहरु राखेपछि सत्यतथ्य प्रमाणहरु सहित त्यहाँ उपस्थित पत्रकारहरुलाई हाम्रा साथीहरु (भागवत नरसिंह प्रधान, नमस्ते सायमि, यादवलाल कायस्थ र मनिष श्रेष्ठ) ले बुझाउने कार्य गरियो । त्यसको भोलिपल्ट छाँयादेवी कम्प्लेसका प्रवक्ता ९सुमन पाण्डे र महेश्वर प्रकाश श्रेष्ठ०द्वारा ‘हाम्रो निजि पत्रकार सम्मेलनमा यिनीहरुले भाड्ने कार्य ग¥यो’ भनेर प्रहरी अधिकृतद्वारा दरबारमार्ग प्रहरी चौकीमा सोधपुचका लागि बोलाउन लगाइयो । चौकीभित्र छलफलमा “पत्रकार सम्मेलन भनेको कहिले पनि निजि हुँदैन, सार्वजनिकै हुन्छ । त्यसैले कम्प्लेसका तर्पmबाट आप्mना कुराहरु राखिसकेपछि सत्यतथ्य कुराहरु लुकाइएको हुनाले हामीले पनि सप्रमाण पत्रकारहरु सामु कुराहरु राखेका मात्र हौं ।” प्रहरी अधिकृतद्वारा हाम्रा साथीहरुको तर्कहरु जायज ठानेर सो उजुरीलाई अघि बढाइएन ।
४. २०७५ फागुन १० गते रिपोर्टस क्लब काठमाडौंमा पत्रकारद्वारा ठमेलको ऐतिहासिक सम्पदा कमलपोखरी मासेर पाण्डे समूहले सत्ता र शक्तिको बलमा ब्यापारिक कम्प्लेस बनाएको छ, त्यसमा तपाईको जिम्मेवारी खोइ रु भन्ने प्रश्नको जवाफमा “सम्पदा मासेर ब्यापारिक भवन बनाइएको रहेछ भने ठमेलको छाँया सेन्टर भत्काउँछौं ।” —मन्त्री पद्यकुमारी अर्याल ९भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय०
५. २०७६ साउन १९ गते इन्द्रचोक–असन–ज्याठा हुँदै भगवान बहाल (ऐतिहासिक कमलपोखरी मासेर छाँयादेवी कम्प्लेस निर्माण गरिएको स्थान) अघि हजारौं सम्पदाप्रेमीहरु नारा–जुलुस सहित पुगेर विरोध सभा गरियो । सो कार्यक्रम नेवाः राजनीतिक अभियान, नेवाः ग्वाहालि पुचः नेपाः र ठमेलस्थित ऐतिहासिक कमलपोखरी पुनःस्थापना अभियानद्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो ।
६. हाम्रो अभियान र असन कोथुननी बचाउ अभियानको संयुक्त आयोजनामा सम्पदा बचाउनका लागि नागरिकहरुको समर्थन स्वरुप हस्ताक्षर अभियानबाट संकलित १५ हजार हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र गुठी संस्थान केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा २०७६ भदौं ८ गते बुझाइयो ।
७. २०७६ भदौं १९ गते नेवाः देय् दबूको २५सौं रजक जयन्ती उपलक्षमा नेपाःब्यांक्वेट खुशिबूँ–१७ मा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा संस्कृति तथा पर्यटन मन्त्री मा।योगेश भट्टराई बोलाइएको खबर पाएपछि ९२०७५ पौष १० गते छाँयादेवी कम्प्लेसको पछाडिको बाटो गएर उद्घाटन गरेका माननीय० पहिले प्रमुख अतिथि नबनाउन नेवाः राजनीतिक अभियानबाट ज्ञापनपत्र बुझाइयो । त्यस पत्रको उचित सम्बोधन गरिएको नपाएपछि सो दिन कार्यक्रम स्थलको गेटमा धर्ना बसेर विरोध कार्यक्रम ग¥यौं । अनि प्रमुख अतिथि बदलिएको पक्का भएपछि मात्र हामी फर्कियौं ।

उजुरी तथा ध्यानाकर्षण पत्रहरु ः
१. २०७५÷०९÷२० गते कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सिंहदरबार, काठमाडौं ।
२. २०७५÷१२÷०३ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबार, काठमाडौं ।
३. २०७५÷१२÷२५ गते युनेस्को–नेपाल सानेपा–२, ललितपुर ।
४. २०७६÷०१÷२३ गते सार्वजनिक लेखा समिति सिंहदरबार, काठमाडौं ।
५. २०७६÷०१÷२३ गते अन्तर्राष्ट्रिय सम्बन्ध समिति सिंहदरबार, काठमाडौं ।
६. २०७६÷०२÷२४ गते सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग सिंहदरबार, काठमाडौं ।
७. २०७६÷०३÷०२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं ।
सम्मानीत सदनमा माननीयज्यूद्वारा ध्यानाकर्षण ः
१. २०७५÷११÷१४ गते मा। रेनुका गरूङ्ग ९सङ्घीय समाजवादी फोरम नेपाल०
२. २०७५÷१२÷१० गते मा। प्रेम सुवाल ९नेपाल मजदुर किसान पार्टी०
३. २०७६÷०१÷१६ गते मा। राजेन्द्र प्रसाद श्रेष्ठ ९सङ्घीय समाजवादी फोरम नेपाल०
४. २०७६÷०४÷२१ गते मा। प्रेम सुवाल ९नेपाल मजदुर किसान पार्टी०
समर्थन सहितका प्रेस विज्ञप्तिहरु ः
ध्यचमि ल्भधबज इचनबलष्शबतष्यल २०७५÷११÷१३ गते, सङ्घीय समाजवादी फोरम नेपाल, काठमाडौं जिल्ला समिति २०७५÷११÷१४ गते, सङ्घीय समाजवादी नेवाः संघ २०७५÷११÷२० गते, राष्ट्रिय समाजवादी पार्टी नेपाल, काठमाडौं भ्याली ब्यूरो २०७५÷११÷२० गते आदि सामाजिक संस्था तथा राजनीतिक पार्टीहरुद्वारा ऐतिहासिक पुरातात्विक महत्वको कमलपोखरी अतिक्रमणलाई लिएर प्रेस विज्ञप्तिहरु पनि निकालिसकेको छ । ती प्रेस विज्ञप्तिहरुमा “काठमाडौं ठमेल (थँबहि)ं स्थित लिच्छविकालिन नेवाः बौद्ध समुदायको ऐतिहासिक सम्पदा कमलपोखरी अतिक्रमण गरेर छाँयादेवी कम्प्लेस प्रा।लि।द्वारा कंक्रिटको भवन निर्माण गरेको हो र अतिक्रमण गर्ने भूमाफियाहरुलाई कानूनी दायरामा ल्याएर सो कम्प्लेस भत्काई कमलपोखरी पुनःस्थापित गर्नु पर्दछ भन्ने विषयमा हाल स्थानीय लगायत नेवाः राजनीतिक अभियान र विभिन्न मिडियाहरुले उठाइरहेको जायज आन्दोलनप्रति हाम्रो पनि ऐक्यबद्धता छ ।” भन्दै सो कम्प्लेससित सम्बन्धित निकायहरुबाट यथाशिघ्र कानूनी उपचारका लागि भूमिका खेल्नका लागि अनुरोध गर्दै आन्दोलनकारी साथीहरुप्रति सम्मान प्रकट गरिएको छ ।

छाँयादेवी कम्प्लेस प्रा।लि।का ४३ जना लगानीकर्ताहरुको तालिका

वि।सं। १९६५ मा गरुड भगवान गुठीले कमलपोखरी र डिल समेतको पोता ९कर० तिरेको रसिद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here