नेवाः विद्यार्थी युनियनको आयोजनामा आइ.एल.ओ १६९ तालिम सम्पन्न

23
काठमाडौं / आदिबासी जनजातिहरुको हक, अधिकार लगायत सांस्कृतिक पहिचान बारेमा Under the Provision of ILO 169 पौष २७ गते आइतवार तालिम सम्पन्न भएकाे छ ।

ताम्सिपाखामा अवस्थित राष्ट्रिय संगठन नेवाः देय् दबूको सहयोगमा व समग्र नेवार विद्यार्थीहरुको छाता संगठन नेवाः विद्यार्थी युनियनको आयोजनामा पहिलो पटक भएको हो ।

कार्यक्रममा मिडिया रिर्शचरका साथै पत्रकार मिराराज भण्डारीले कक्षा दुई घण्टासम्म तालिम लिइन ।

देय् दबूको भवनमा भएको तालिममा रत्न राज्य लक्ष्मी क्याम्पसका स्नातक तहमा अध्ययनरत  पहिलो, दोस्रो र तेस्रो बर्षका विद्यार्थीहरु गरी जम ११ जनाले सहभागिता जनाएका थिए ।

तालिममा सहभागिता जनाएका बि.ए. पहिलो बर्षमा नेपाल भासा विषयमा अध्ययनरत विवेक श्रेष्ठ र मनहेरा महर्जनका अनुसार यो तालिम धेरै आवश्यक धारणा राखे ।

उनीहरूका अनुसार, यस तालिमकाे माध्यमबाट आदिबासी जनजाति लगायत शाेषण र उत्पिडिनमा रहेका अस्तित्व व अधिकारका सचेतना जगाउने भएकाले युवा विधार्थी वर्गहरूमा अत्यन्त महत्वपूर्ण रहेकाे जनाए ।

युनियनका अध्यक्षद्धय रीदेन महर्जनले आउँदा दिनहरुमा सचेतनात्मक, रोजगारमूलक, सीप मूलक लगायत विविध तालिम दिने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here