यी हुन् संसारकै सबैभन्दा साना ५ देश

249

एजेन्सी / संसारमा अहिले १ सय ९३ देश छन् । यी मध्ये रुस सबैभन्दा ठूलो देश हो, जुन निकै विशाल छ । तर पृथ्वीमा केही देश त्यस्ता पनि छन् जो निकै साना छन् । ती मध्ये धेरैको नाम तपाइँले हालसम्म नसुन्नु भएको पनि हुनसक्छ । संसारका सबैभन्दा साना पाँच देश यस्ता छन्ः

१. भ्याटिकन सिटी : यो संसारको सबैभन्दा सानो देश हो । यसको क्षेत्रफल जम्मा १ सय एकड अर्थात् ०।४४ वर्ग किलोमिटर रहेको छ । यो देश चारैतर्फ इटालीको रोमले घेरिएको छ । यो देशमा विश्वकै सबैभन्दा ठूलो क्याथोलिक चर्च छ । यो देशमा एकमात्र रेल लाइन छ । १.२७ किलोमिटर लामो यो रेल लाइन विश्वकै सबैभन्दा छोटो रेललाइन पनि हो ।

२. मोनाको : संसारको दोश्रो सानो देश मोनाको २.२ वर्ग किलोमिटर क्षेत्रफल सम्म फैलिएको छ । निकै सानो हुनुका बाबजुत ४० हजार जनसंख्या भएको यो देश विश्वका धनी देशमध्येमा पर्दछ । यहाँका अधिकांस मानिस करोडपति छन् ।
३. नाउरु : २१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नाउरुको जनसंख्या झण्डै ९ हजार छ । यो देश नरिवल उत्पादनको हब नै मानिन्छ ।

४. टुभालु : यो देश प्रशान्त महासागरस्थित हवाई र अष्ट्रेलियाको बीचमा रहेको एक टापु देश हो । चारवटा टापु मिलेर बनेको यो देशको जनसंख्या १२ हजार छ । यो देशको क्षेत्रफल २६ वर्ग किलोमिटर रहेको छ ।

५. सानमारिनो : संसारको पाँचौ सानो देश सानमारिनोको क्षेत्रफल ६१ वर्ग किलोमिटर र जनसंख्या ३० हजार छ । यो देश चारै तर्फबाट इटालीले घेरिएको छ । यो युरोपको सबैभन्दा प्राचीन गणतन्त्र भनिन्छ जसको स्थापना ३०१ इस्वी सम्बत्मा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here