राजविराजस्थित एनआईसी एसिया बैंकमा राखिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

367

राजविराज /  राजविराजस्थित एनआईसी एसिया बैंकमा अज्ञात समुहले मङ्गलवार बिहान राखेको बम नेपाली सेनाको टोलीले  निष्क्रिय गरेको छ ।

बम फेला परेको जानकारी पाए लगत्तै घटनास्थल पुगेको नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम  निष्क्रिय पारेको हो ।

बैंक खुलेसँगै कार्यालयको भर्याङ्गमा राखिएको बमबारे कर्मचारीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रमुख सेनानी गुप्तबहादुर कुँवरका अनुसार तर्साउनकालागि राखिएको हुनसक्ने बम प्राविधिक टोलीले बैंकभित्र राखिएकै स्थानमा विस्फोट गरेर सफलतापूर्वक निस्कृय पारेका छन् । विस्फोटपछि केही क्षति भएको छैन् ।

बम राखिएसँगै स्थानीयबासिन्दामा त्रास फैलिएको थियो भने २ घण्टासम्म बजारमा यातायातसमेत प्रभावित भएको थियो । बैंकको कार्यालय राजविराजस्थित मुख्य बजारमै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here