जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

211

ललितपुर / २१ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१३ बस्ने गोरखा नगरपालिका-६ घर भएका ध्रुव बाबु जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई विगत ३ महिना देखि ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जोशीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here