जनयुद्धकालमा १७ हजार मध्ये ५ हजारकाे जिम्मा लिन तयार : प्रचण्ड

246
काठमाडौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने  जनाएका छन् ।

माघे संक्रान्तिको अवसरमा बुधबार थारू समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले १७ हजार मान्छे मारेर आएको कुरा सत्य नभएको  जनाउँदै ५ हजारको जिम्मा  लिने  जनाए ।

१७ हजार मान्छे मारेको भन्नु न्यायपूर्ण नहुने तर्क  गर्दै प्रचण्डले भने -‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु। साथीहरू यो सत्य होइन। यो सत्य होइन …सत्य के हो मलाई भन्न दिनुहोस्। सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन्। हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन,’ ।

प्रचण्डले थुनामा रहेका रेशम चौधरीलाई थुनामुक्त गरिने  जनाए ।  ‘रेशमलाई प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक भेट्ने म नै हुँ। डिल्लीबजारको खोरमा भेट्ने पनि म नै हो, उनले भने, ‘सभामुख, पार्टी र सरकारलाई भनेर रेशमको सपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे पनि म नै हुँ।’

उनले आफूले पहिचान आन्दोलन नभुलेको पनि दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here