कथानक चलचित्र ‘इन्काउन्टर’को ‘बारुली बारुली’ सार्वजनिक भिडियो

237

काठमाडौं / नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक भएको छ ।

अनामनगरस्थित पाना क्याफेमा गत बिहीबार आयोजित समारोहमा आइटम गीत बारूली बारूली सार्वजनिक गरिएको हो।

गीत ओएसआर डिजिटलबाट वर्ल्डवाइड रिलिज गरिएको छ। समारोहमा प्रमुख अतिथि अग्रज पत्रकार ऋषि धमलाले औपचारिक रूपमा गीत रिलिज गरेका हुन्। कार्यक्रममा पत्रकार धमलाले भ्रष्टाचारीहरूलाई कानूनी दायरामा ल्याउन प्रेरित गर्ने सन्देशसहितको फिल्म निर्माण गर्न निर्माताहरूलाई आग्रह गरेका छन्।

‘इन्टाउन्टर चलचित्रले दर्शकको मन जित्न सफल हुने मेरो विश्वास छ, नेपाली सिने जगतमा यस चलचित्रले नयाँ सन्देश र नयाँ मानक स्थापित गर्छ भन्ने मेरो आशा र बिश्वास हो,’ धमलाले भने। चलचित्रका कार्यकारी निर्माता कुमारप्रसाद ओझाले फिल्म इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने जनाउँदै नवीनतम् सन्देश र संकल्पसहितको फिल्म निर्माणमा आफ्नो टिम लागेको उल्लेख गरे।

‘आमा चलचित्रपछि नेपाली चलचित्र उद्योगमा कयौं फिल्म बने, हजारौं कथाहरू लेखिए, तर पृथक चलचित्र निर्माण गर्न नसकेको आरोपबाट इन्डस्ट्री मुक्त भएन,’ ओझाले भने, ‘त्यही गुनासो सम्बोधन गर्नकै लागि हामीले इन्काउन्टर फिल्म निर्माण गरेका हौं।’ आइटम गीतमा सूर्यकमल राईको संगीत रहेको छ भने शब्द लेखन नारायण नेपालको रहेको छ। चलचित्रमा छुल्ठिम गुरुङ, सविन श्रेष्ठ, दिनेश डिसी लगायतको अभिनय रहेको छ।

यस चलचित्रलमा गीतमा मीना निरौलाको स्वर दिएका छन् । चलचित्रको लेखन तथा निर्देशन नरेन्द्र भट्टराई (एनबी अञ्जान) ले गरेका हुन्। चलचित्रमा सहनिर्माता कविभक्त क्षेत्री र देवराज प्रसाई रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here