ला लिगामा शीर्ष स्थान उक्लने लक्ष्यमा रियल

8
एजेन्सी / स्पेनिस ला लिगा अन्तर्गत आज शनिबार राति  चार खेलहरु हुने भएकाे छ ।  आज  दोस्रो स्थानको रियल मड्रिडले सेभियासँग प्रतिस्पर्धा गर्दैछ । रियलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा जित निकाल्दै रियल शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । लिगको दोस्रो स्थानमा रहेको रियलको ४० अंक छ । समान अंक भएको बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

आजको खेलमा जित निकाले रियल शीर्ष स्थानमा उक्लने छ । उता सेभिया पनि रियललाई हराउँदै तेस्रो स्थानमा उक्लने योजनामा छ ।

आजनै हुने अर्को खेलमा एट्लेटिको मड्रिडले इबरसँग प्रतिस्पर्धा गर्दैछ । उता आलाभेसले लेभान्टेलाई घरेलु मैदानमा आतित्यथा प्रदान गर्दा ओसासुनाले भालाडोलिडसँग प्रतिस्पर्धा गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here