बृहत् एकीकरण मार्ग कार्यक्रम शुभारम्भ

173

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बृहत् एकीकरण मार्ग कार्यक्रम-२०७६ को जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच समुद्‍घाटन गरेका छन् । उद्‍घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति महारथी थापाले राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले शुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु भएको कार्यक्रमलाई थप व्यवस्थित बनाउन इतिहास संरक्षण एवं सम्बर्द्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिका (२०७६ को समेत लागू गरी कार्य सम्पादन शुरु गरिएको जनाएका छन् ।

सम्बोधन कै क्रममा प्रधानसेनापति थापाले एकीकरण मार्ग कार्यक्रम अन्तर्गत इतिहास र संस्कृतिको सम्बर्धन र प्रवर्धन गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु, विभिन्न मन्त्रालयहरु, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरुबाट संस्थागत वा व्यक्तिगत तवरबाट प्राप्त भएको सहयोग र साथ आफैमा अभिप्रेरक भएको कुरा समेत बताएका छन् । तीन दिनसम्म संचालन हुने उक्त सेमिनारको २०७५/१०/५ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट समापन हुने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेपाल सरकारका सचिवहरु, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, विभिन्न मन्त्रालय तथा विभागहरुका महानिर्देशकहरु तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here