नेपालका लागि Linearflux का आधिकारिक बिक्रेता बन्यो आईएमएस ग्रुप

293

काठमाडौं /  आईएमएस ग्रुप अब नेपालमा Linearflux  का लागि एक मात्र आधिकारिक बिक्रेता बनेका छन् ।

By  Dr. Dre and Monster Products का ईन्जिनियरहरूले बनाएका, Linearflux  हेडफोनको एक ब्रान्ड हो जसले वायरलेस, hyper definition, अडियोकोे अनुभव दिनेछ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकास पछि American Brand Linearflux  आधिकारिक रुपमा उद्घाटन भएको हो ।

Linearflux  Hypersonic एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई Gaga, Dr.Dre,Puff DAddy, Black Eyed Peas, Far East Movement,Jay Chou, Wonder Girls जस्ता सांगितक क्षेत्रका महानहस्तीहरुबाट परिक्षण भएकोछ । यसको DL01 Immersive ध्वनि इन्जिनको विशेस्ताले संगीतको स्पष्टता बढाउंछ र बेसको लागि उपयुक्त रहेको छ ।

Linearflux  Hypersonic पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । यसको विषेशता भनेको Pillow-Soft ear-Tips दुई थरीका रङ्गहरुमा पाईनेछ  साथै यसले बाहिरी ध्वनी कम गरी बिस्त्रित ध्वनी सुन्न र बेसको आनन्द लिन मद्दत गर्दछ ।

हाल कम्पनीले Linearflux  उत्पादनहरू स्मार्टडोकोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो साथसाथै IMS Little Smiles Showroom Citycentre  र IMS  Smart Showroom ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा उपलब्ध गराएको छ ।

नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड Linearflux एक मात्र आधिकारिक वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै खुसी र गर्व महसुस गर्दछौं ।  Linearflux एक येस्तो ब्रान्ड हो जुन सस्तो मूल्यमा सामानको असाधारण गुणस्तरको लागि परिचित छ र हाम्रो देशका नागरिकहरूलाई मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ । हामी हाम्रो उपभोक्ताको आवश्यकताहरू पूरा गर्नको साथै , निरन्तर सुधार र हरेक पक्षमा उनीहरूको अनुभव बृद्धि गर्न चाहन्छौं । आईएमएस समूहका अध्यक्ष तथा सीईओ दिकेश मलहोत्राले भन्नुभयाे ।

 आएमएस ग्रूपका बारे :

IMS Group एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो जसको २० वटा भन्दा बढि कम्पनी रहेको छ । IMS नेपालको लागि SAMSUNG SMARTPHONE को राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारीक रुपमा MOBILE आयात गर्ने पहिलो कम्पनी हो । विगत २७ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ, यो कुरा IMS GROUP संग आबद्ध कम्पनीको संख्याबाट स्पष्ट रुपमा देखिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here