प्रेमपरक गीति एल्बम ‘सहारा’ सार्वजनिक

35

मोरङ /  बेलबारी नगरपालिकाका उपप्रमुख तारा पराजुलीको प्रेमपरक गीति एल्बम ‘सहारा सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द पराजुलीकै तथा संगीत भीम बिसीको छ । बिसी र सरु गौतमले गीतमा स्वर दिएका छन् ।

भिडियोमा दीपक एम सिंहको निर्देशन र पुष्कर सुनुवारको सङ्गीत संयोजन छ । छायाँकन दीपक गिरी र सम्पादन अमृत चापागाईँले गरेका छन् । भिडियोमा दिनेश कठायत र रजिना बिष्टको अभिनय छ । यसअघि गीतकार पराजुलीकोे ‘अर्को राजमार्ग’ कविताकृति प्रकाशन भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here