सभामुखका एकल उम्मेदवार सापकोटाविरुद्ध राजधानीमा प्रदर्शन

91

काठमाडौं / प्रतिनिधिसभाको सभामुख पदका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध राजधानीको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

हत्या आरोप लागेका व्यक्तिलाई रत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवार बनाएको भन्दै उनीविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजले बुधबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरूले व्यक्ति हत्याका आरोपीलाई सभामुख नबनाउन आग्रह गरे ।

०६२ मा तत्कालीन माओवादी अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या सापकोटाकै निर्देशनमा भएको भन्दै अर्जुनकी श्रीमती पूर्णिमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएकी थिइन् । सो मुद्दा अहिले संवैधानिक इजलासले हेरिरहेको छ ।

सो क्रममा प्रदर्शनकारीले हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानुनी शासनको सम्मान गर लगायतका नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here