डा. सिंहलाई दर्ज्यानी चिह्न प्रदान

61

काठमाडौं / नेपाल प्रहरीको प्राविधिकतर्फको एआईजीमा बढुवा भएकी डा.आशा सिंहलाई दर्ज्यानी  चिह्न प्रदान गरिएको छ ।

अाज एक कार्यक्रमबीच सिंहलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । एआईजीमा बढुवा भएसँगै डा. सिंहले नेपाल प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी पनि पाएकी छिन् ।

सिंहलाई माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिह्न वितरण कार्यक्रममा बोल्दै एआईजीमा बढुवा भएकी डा. सिंहले त्रुटिरहित ढंगले सुम्पिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here