टर्कीमा शक्तिशाली भूकम्पबाट करिब १८ को मृत्यु

98

काठमाडौं / टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो ।

भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको जनाइएकाे छ ।

भूकम्पबाट टर्कीस्थित भवनहरूमा उत्तिकै क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायका अनुसार, भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएका छन् ।

टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भूकम्पपीडितहरूको राहत र उद्धारका लागि पनि ४०० टोली परिचालन गरिएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here