फरार प्रतिवादीहरु पक्राउ

114

काठमाडौं / जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ओखलढुंगा सिंहदेवी घर भई हाल भक्तपुर सिपाडोल बस्ने ५६ वर्षीय पुर्ण बहादुर खड्कालाई भक्तपुर सूर्यबिनायकबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७५ कात्तिक २६ गतेको फैसलाले २ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खड्कालाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला
अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी कन्चनपुर शुक्लाफाँटा नगरपालिका-९ घर भई काठमाडौं हानगरपालिका-१२ कलंकी बस्ने ३० वर्षीय राजेश बमलाई बुधबार प्रहरीले कलंकीबाट पक्राउ गरेको छ । राजेशले आफ्नो खातामा प्रयाप्त रकम नभई माछापुच्छ्रे बैंक न्यूरोड शाखामा रहेको खाताबाट ३ लाख ५० हजार रुपैयाँको चेक काटेको अनुसन्धानबाट
खुल्न आएको थयो । उच्च अदालत पाटनको २०७६ भदौ ३० गतेको फैसलाले बैकिङ्ग कसूर मुद्दामा बिगो बमोजिमको ३ लाख ५० हजार रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेशलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । राजेशलाई काठमाडौं जिल्ला अदालतमा मार्फत केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त कार्यलयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here